नगरपालिकाको मौनता : सूर्यविनायकको पाँखागाउमाँ डोजर आंतकको अग्रता



 

 

सूर्यविनायक नगरपालिकाले अव्यवस्थित प्लानिङ अर्थात जग्गा सम्याउनका लागि जथाभावी रुपमा अनुमति दिएकाले पछिल्लो समय सूर्यविनायक नगरपालिकाका कतिपय गाँउबस्ती –टोल नै जोखिममा पर्ने सम्भावना बढेर गएको छ । जग्गा धनीलाई बनको सीमानासंग जोडिएका भिरालो भू–बनोटको अध्ययन नै नगरी नगरपालिकाले जग्गा सम्याउन सिफारिस दिएका कारण सो भुगोलसंग जोडिएको तल्लो तटीय मानबबस्ती जोखिममा पर्ने सम्भावना बढेर गएको हो । सूर्यविनायक नगरपालिकाको वडा नं ९ नंखेलको साविक ५ पाँखागाउँमा तीन –चारवटा भन्दा बढी ठाउँमा जग्गा सम्याउने नाममा डोजर चलिरहेको छ । जथाभावीरुपमा राती–राती डोजर चलाउने गरिएको छ । राती डोजर चलाएर जग्गा सम्याउदा स्थानीयवासीमा एक प्रकारको रातको बीचमा हुने सम्भावित दुर्घटनाको त्रास मडारिएको स्थानीयवासीहरुको भनाई छ । उनीहरुका अनुसार राती डोजर चलाउँदा मनोमानी रुपमा चलाएको छ । वनको सिमाना गहिरो पारिएको छ । कुनै पनि वेला वननै तल खस्ने सम्भावना बढेर गएको छ । पटक–पटक सो कार्यको विरोद्ध जनाउँदै स्थानीयवासीहरुले वडा कार्यालय,नगरपालिका लगायत सम्बन्धीत निकायमा अवगत गराउाँदा पनि सरोकार निकायहरुले गम्भीरताका साथ नलिएको स्थानीयवासीहरुको चर्को गुनासो छ । त्यसोत, नगरपालिकाकै मिलोमतोमा सो एरियाको तीन–चार ठाउँमा जग्गा सम्याउने नाममा प्लानिङको खेती निर्वाधरुपमा भैराखेको छ । पहिले जग्गा सम्याउने भनेर नगरपालिकाबाट स्वीकृती लिने पछि त्यही ठाउँमा प्लानिङको काम गरिदै आउने गरेको छ । पहिलो चरणमा नै प्लानिङको लागि सिफारिस दिदा आफू अप्ठ्यारोमा पर्ने डर भएकाले जग्गा सम्याउन मात्रै भनि नगरपालिकाले स्वीकृती दिदै आउने गरेको छ । नगरपालिका आफू बच्न र जनतालाई उल्लु बनाउनका लागि नगरपालिकाले प्राय सबै ठाउँमा यस्तो तरिका अपनाउँदै आउने गरेको स्थानीयवासीहरुको एक प्रकारको धारणा नै नगरपालिका प्रति बनिसकेको रहेछ । एकातिर नगरपालिकाले आफूले प्लानिङका लागि आफूले सिफारिस नदिएको भन्ने अर्कोतिर जग्गाधनीह्ररुले जथाभावी्ररुपमा डाडो भस्उँदा समेत चुपलागरे बस्ने एक प्रकारको परम्परा नै नगरपालिकाले बसालेको आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा क एक स्थानीयले वताए ।

वन अतिक्रमण :

पाँखागाउको वन एरियालाई समेत अतिक्रमण गरेर जग्गा सम्माउने काम भैराखेको छ । तर, नगरपालिका र सम्बन्धीत वडा मौन बसेको स्थानीयवासीहरुको भनाई छ । उनीहरुको अनुसार जग्गा सम्याउने नाममा वनको जग्गा समेत अतिक्रमण गर्दै वनको ३०–३५ वटा रुख काटिएका थिए । तर पनि नगरपालिकाले त्यसलाई चासो दिएन । स्थानीय वन उपभोक्ता समितिले सो को जानकारी वन विभागलाई गराएपछि वनका कर्मचारीहरु आएको र जग्गा वालाहरुले आफ्नो जग्गा सम्याउने क्रममा वनको समेत अतिक्रमण गरेको पाएपछि उनीहरुलाई वनले जरिवाना रकम समेत गरेको कुरा स्थानीयवासीले वताए । तर, अहिले कुनै पनि बेला वन समेत जोखिममा पर्न सक्ने र त्यसले ढिलो चाँडो ठूलो मानवीय बस्तीमा क्षति पु¥याृउने तरिकाले संरचना निर्माण भैराखेको हुँदा समेत सम्बन्धीत निकायले पुरै वेवास्ता गरेको स्थानीयवासीहरुको गुनासो छ ।

जग्गा सम्याउन वडामा निवेदन :

जग्गा धनीहरु गोविन्द अधिकारी लगायत ४ जनाले वडा कार्यालयमा मिति २०८०–१०–१६ गते निवेदन दिएका थिए । उनीहरुले आफ्नो निवेदनमा जग्जा सम्याउने र त्यसलाई खेती योग्य बनाउने भनेर निवेदनमा उल्लेख गरिएको छ । यसको अर्थ त्यहाँ प्लानिङ होइन, खेती योग्य जग्गा निर्माण गर्ने भएकाले सो एरियामा आउदा दिनमा खेती योग्य जग्गा हुनेछ । र, नगरपालिकाले सो एरियालाई खेती योग्य जग्गाको रुपमा वर्गिकरण गर्नु पर्ने हुन्छ । तर, त्यो स्थानीय जनतालाई आँखामा छारो हाल्ने काम वाहेक अर्को नभएको स्थानीयवासीहरु वताउँछन । उनीहरु भन्छन– त्यो सिधै स्थानीय जनतालाई नगरपालिका र जग्गा धनीले झुक्याृने काम गरेको हो । उता, वडामा जग्गा धनीले जग्गा सम्याएर खेती योग्य जमिन वनाउने निवेदनमा उल्लेख गरिएको देखिन्छ । तर वडाले नगरपालिकालाई गरेको सिफारिस पत्रमा डोजर लगाएर जग्गा सम्यान दिन नगरपालिकामा सिफारिस पत्र पठाएको छ । वडाको डोजरमोहलाई स्थानीयवासीहरुले अर्थपूर्ण ढंगबाट हेरेका छन । किन निवेदकले उल्लेख नै नगरेको डोजरमा वडाको मोह वढेको हो भन्ने प्रश्न स्थानीयवासीहरुले उठाउन थालेका छन ।

माटोको तस्करी :

सूर्यविनायक नगरपालिकाको विभिन्त्र ठाउँबाट ठूलो परिमाणमा माटोको तस्करी हुँदै आएको छ । नगरपालिका अबैध रुपमा माटोको तस्करीबाट आउने माटो कमिसनको खेतीमा रमाउँदै आएको छ । जसले गर्दा नगरपालिकाका विभिन्त्र ठाउँ र वन एरियाहरुमा माटो विक्रि गर्ने लोभले असमान्य रुपमा फराकिला संरचनाहरु निर्माण भएका छन । नगरपालिकाको मिलोमतोमा हुने माटोको तस्करी अहिले पनि रोकिएको छैन । पछिल्लो समय यसले नगरपाकिको संरक्षणमा तीव्रता पाएको छ । यहाँ पनि अर्थात यो एरियामा पनि नगरपालिकाको आँखा माटोको विक्रिबाट आउने कमिसनमा गडेको स्थानीयवासीहरु वताउँछन । सम्याउने क्रममा जति धेरै माटो निकाल्न सकियो त्यति नै धेरै कमिसन नगरपालिकालाई प्राप्त हुने भएकाले राती –राती निर्वाध रुपमा नगरपालिकाले डोजर चलाउन दिएको स्थानीयवासीले सुनाए । त्यसो त सो एरियाको माटो पनि राती लाने क्रममा करिब एक साता अघि स्थानीवासीहरुले विरोध गरेर रोकेका थिए । अहिले त्यो माटो लैजानका लागि माटो माफियाहरुको ठूलै चखलखेल गाउँमा भैराखेको उनीहरु सुनाउँछन ।

प्रतिक्रिया दिनुहोस
ललितपुरमा आगलागी, ५ जना घाइते

  ललितपुरमा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते भएका छन् । ललितपुर

गण्डकीमा राप्रपाले विश्वासको मत नदिने

    गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदैछन् । उनले

सन्दीपको मुद्दा पहिलो नम्बरमै

     क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दा आज उच्च अदालतको पेसी सूचीको पहिलो

नेपाल सरकारको निर्णयमा भारतको असन्तुष्टि

    सरकारले एक सय रुपैयाँ नोटमा नयाँ चुच्चे नक्सा राख्ने निर्णय गरेपछि