प्रधानमन्त्री ओलीले गरे देशबासीको नाममा सम्बोधन, (पूर्ण पाठसहित)
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७६ को अवसरमा देशबासीको नाममा सम्बोधन गर्दै गएको साल बेथिति र भ्रष्टाचार विरुद्धको अभियानको वर्ष रहेको बताएका छन् । उनले आफू नेतृत्वको सरकारले सुशासनका लागि चालेका कदमले नतिजा दिन थालेको दाबीसमेत गरे ।