नेपाल कम्युनिस्ट पार्टी स्थापना भएकै दिन एकता प्रक्रिया सकिने



हाम्रो इकोनोमि

 

पछिल्लो समय नेपाली राजनीति गम्भिर मोडमा पुगेको ब्याख्या हुने गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकताको एक वर्ष हुन लाग्दासम्म पनि एकता पक्रिया पुरा हुन सकेको छैन । कतिपय स्थानीय तहमा एकता टुंगोमा पुगेको भएपनि धेरै तहमा एकता अन्यौलमा परेको बुझिएको छ ।

 

पार्टीमा शिर्ष नेताहरुको स्वार्थका कारण एकता सम्पन्न हुन नसकेको पार्टीकै नेताहरुको आरोप रहेको छ । यो बिचमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले वैशाख ९ अगावै एकता टुंग्याउने समझदारी गरेको खुल्न आएको छ । त्यसका लागि केही दिनभित्रै सचिवालय बैठक बोलाएर एकताको प्रस्ताव पेस गर्ने जनाइएको छ ।

 

जिल्ला र जनवर्गीय संगठनको एकता प्रक्रियामा विवाद मिल्न नसकेपछि सकसमा परेका अध्यक्षद्वय चन्द्रागिरिमा एकान्त छलफल गरी नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिन (वैशाख ९ गते) एकताको सन्देश दिने गरी काम सक्ने समझदारी गरेको विशेष स्रोतले जानकारी दिएको छ ।

 

बिहीबार चन्द्रागिरि पुगेका ओली–दाहाल शुक्रबार दिउँसो फर्केका हुन् । यो भेटले पार्टी कार्यकर्तामा एक प्रकारको उर्जा दिने विश्वास गरिएको छ । एकता पछि धेरै नेता कार्यकर्ताहरु जिम्मेवारीबिहीन भएर बस्नु परेको भन्दै आउँने गरेको दुःखेसो अब हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...