नेपाल कम्युनिस्ट पार्टी स्थापना भएकै दिन एकता प्रक्रिया सकिने



हाम्रो इकोनोमि

 

पछिल्लो समय नेपाली राजनीति गम्भिर मोडमा पुगेको ब्याख्या हुने गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकताको एक वर्ष हुन लाग्दासम्म पनि एकता पक्रिया पुरा हुन सकेको छैन । कतिपय स्थानीय तहमा एकता टुंगोमा पुगेको भएपनि धेरै तहमा एकता अन्यौलमा परेको बुझिएको छ ।

 

पार्टीमा शिर्ष नेताहरुको स्वार्थका कारण एकता सम्पन्न हुन नसकेको पार्टीकै नेताहरुको आरोप रहेको छ । यो बिचमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले वैशाख ९ अगावै एकता टुंग्याउने समझदारी गरेको खुल्न आएको छ । त्यसका लागि केही दिनभित्रै सचिवालय बैठक बोलाएर एकताको प्रस्ताव पेस गर्ने जनाइएको छ ।

 

जिल्ला र जनवर्गीय संगठनको एकता प्रक्रियामा विवाद मिल्न नसकेपछि सकसमा परेका अध्यक्षद्वय चन्द्रागिरिमा एकान्त छलफल गरी नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिन (वैशाख ९ गते) एकताको सन्देश दिने गरी काम सक्ने समझदारी गरेको विशेष स्रोतले जानकारी दिएको छ ।

 

बिहीबार चन्द्रागिरि पुगेका ओली–दाहाल शुक्रबार दिउँसो फर्केका हुन् । यो भेटले पार्टी कार्यकर्तामा एक प्रकारको उर्जा दिने विश्वास गरिएको छ । एकता पछि धेरै नेता कार्यकर्ताहरु जिम्मेवारीबिहीन भएर बस्नु परेको भन्दै आउँने गरेको दुःखेसो अब हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...