राप्ती नगरपालिको खहरे खोलामा ३ करोडको पुल, मन्त्री लामाले गरे शिलान्याश



हाम्रो इकोनोमि

 

 

प्रदेश नम्वर ३ सरकारले चितवनको राप्ती नगरपालिकामा तीन करोडको लागतमा पुल निर्माण शुरु गरेको छ । राप्ती नगरपालिका वडा नम्वर ४ र ५ लाई जोड्ने खहरे खोलामा निर्माण गर्न लागिएको पुलको शनिवार शिलान्यास गरिएको छ ।

प्रदेश नम्वर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको पहलमा राप्ती नगरपालिका ४ को भवानीपुर र ५ को चौकी डाँडा जोड्ने गरि पुल निर्माण शुरु गरिएको हो । पुलको शनिवार एक कार्यक्रमका विच मन्त्री लामाले शिलान्यास गरे ।

 

सो अवसरमा बोल्दै मन्त्री लामाले गुणस्तरलाई ध्यान दिँदै समय मै काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिए । उनले जनताको समस्या पहिचान गरि योजना ल्याए वजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाए । २० मिटर लम्वाई र १२ मिटर चौडाईको पुल निर्माणको जिम्मा एमआरएण्ड गु्रप प्रालिले पाएको छ ।

 

२ वर्ष अघि आएको वाढीले खहरे निर्माण गरिएको सामान्य पुल भत्किएको थियो । पुल भत्कदा आवतजावतमा समस्या हुदै आएको शिखर हरियाली सामुदायिक वनका अध्यक्ष एवंम युवा समाजसेवी केदार प्रसाद आचार्यले जानकारी दिए । पुल शिलान्यास कार्यक्रममा स्थानीयवासीहरुले घरघरबाट फुलमाला ल्याएर मन्त्रीको स्वागत गरेका थिए ।

राप्ती ५ की वडाध्यक्ष मेनुका पाठकको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा राप्ती नगरपालिका उपमेयर इमानसिंह लामा, वडा नम्वर ४ का अध्यक्ष शमशेर लामा लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...