राप्ती नगरपालिको खहरे खोलामा ३ करोडको पुल, मन्त्री लामाले गरे शिलान्याश



हाम्रो इकोनोमि

 

 

प्रदेश नम्वर ३ सरकारले चितवनको राप्ती नगरपालिकामा तीन करोडको लागतमा पुल निर्माण शुरु गरेको छ । राप्ती नगरपालिका वडा नम्वर ४ र ५ लाई जोड्ने खहरे खोलामा निर्माण गर्न लागिएको पुलको शनिवार शिलान्यास गरिएको छ ।

प्रदेश नम्वर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको पहलमा राप्ती नगरपालिका ४ को भवानीपुर र ५ को चौकी डाँडा जोड्ने गरि पुल निर्माण शुरु गरिएको हो । पुलको शनिवार एक कार्यक्रमका विच मन्त्री लामाले शिलान्यास गरे ।

 

सो अवसरमा बोल्दै मन्त्री लामाले गुणस्तरलाई ध्यान दिँदै समय मै काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिए । उनले जनताको समस्या पहिचान गरि योजना ल्याए वजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाए । २० मिटर लम्वाई र १२ मिटर चौडाईको पुल निर्माणको जिम्मा एमआरएण्ड गु्रप प्रालिले पाएको छ ।

 

२ वर्ष अघि आएको वाढीले खहरे निर्माण गरिएको सामान्य पुल भत्किएको थियो । पुल भत्कदा आवतजावतमा समस्या हुदै आएको शिखर हरियाली सामुदायिक वनका अध्यक्ष एवंम युवा समाजसेवी केदार प्रसाद आचार्यले जानकारी दिए । पुल शिलान्यास कार्यक्रममा स्थानीयवासीहरुले घरघरबाट फुलमाला ल्याएर मन्त्रीको स्वागत गरेका थिए ।

राप्ती ५ की वडाध्यक्ष मेनुका पाठकको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा राप्ती नगरपालिका उपमेयर इमानसिंह लामा, वडा नम्वर ४ का अध्यक्ष शमशेर लामा लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...