को हुन स्वीस बैंकमा पैसा राखेका विवादास्पद व्यापारी



हाम्रो इकोनोमि

 

 

करछलि गरेर अकुत सम्पत्ति आर्जन गरी स्वीस बैंकमा लगेर नेपाली पैसा राखेको आरोप लाग्दै आएका विवादास्पद व्यापारी चन्द्र ढकालले प्रधानमन्त्री केपी ओलीसहितका सत्तारुढ दलका उच्च नेतृत्वलाई चन्द्रागिरी घुमाएका छन् ।

ढकालले चन्द्रागिरीमा बनाएको होटेलमा प्रधानमन्त्री ओलीसहितका नेकपाका नेता र मन्त्रीहरूलाई अबरे रातिसम्म राखेको खुलासा भएको छ । विवादास्पद व्यापारी ढकालले प्रधानमन्त्री ओलीसहितका शीर्ष नेताहरूलाई आफ्नो होटेलमा लग्नुको कारण खुलेको छैन ।

हुन त बेलाबेला ढकालले राजनीतिक दलका नेता, उच्च कर्मचारीहरूलाई चन्द्रागिरी केबल कारणमा घुमारएर प्रभावमा पार्ने प्रयास गरेको आरोप लाग्दै आएको छ ।

ढकालले सञ्चालन गरेको चन्द्रागिरी केवल कार र होटेलमा ओलीसहितका नेताहरू बिहीबार राति मध्यरातसम्म बसेको उच्च स्रोतले जनाएको छ ।

राजनीतिक संरक्षणमा ढकालले सरकारी जंगल अबैध रुपमा कब्जा गरेर चन्द्रागिरी केबल कारण र होटेल तथा रिसोर्टका भौतिक संरचाना बनाएको आरोप छ । ढकाललाई कर छलिको अभियोग लाग्दै आएको छ ।

ढकालले अर्बौं नेपाली रुपियाँ अबैध रुपमा स्वीस बैंकमा लगेर राखेको खोज पत्रकारिता केन्द्रले केही महिना अगाडि सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ ।

देशलाई नोक्सानी पुर्‍याएको भनेर आरोप लाग्दै आएका ढकालको रिसोर्टमा प्रधानमन्त्री ओली, नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रामबहादुर थापा, नेकपाका महासचिव विष्णु पौडेलसहित नेकपाका शीर्ष नेताहरू राति अबेरसम्म चन्द्रागिरीमा बसेको उच्च स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीसहितका नेकपाको उच्च नेतृत्व र मन्त्रीहरू चन्द्रागिरीमा जानुको कारण खुलेको छैन ।

स्रोतका अनुसार नेकपाका महासचिव विष्णु पौडेलको आग्रहमा प्रधानमन्त्री ओली, नेकपाका दोस्रो अध्यक्ष दाहालसहितका शीर्ष नेतृत्वलाई चन्द्रागिरी लगिएको थियो । विवादास्पद व्यापारी ढकालले महासचिव पौडेललाई प्रधानमन्त्री ओलीलाई चन्द्रागिरी ल्याइदिन आग्रह गरेको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
यस्ता छन आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

    सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्ति नियुक्त...

सडकमा जाने तयारी गर्न पार्टीपंक्तिलाई शंकर पोखरेलको निर्देशन

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको स्वेच्छाचारिता रोक्नको लागि एमाले सडकमा...

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...

ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...