राजनीति

नेकपाका नेता भीम रावलले २०७६ साल साउन २८ गते प्रतिनिधि सभाको बैठकमा व्यक्त गर्नुभएको पुर्णपाठ

सम्माननीय सभामुख महोदय, नेपालकै छरछिमेक तथा अन्तर्राष्ट्रिय जगतमा घटित घटनाक्रम तथा राजनीतिक परिस्थितिलाई गम्भीर रुपमा विश्लेषण गर्दै समय, काल र अवस्था अनुरुप राष्ट्रिय हितमा दृढताका साथ अग्रसर हुनु आवश्यक छ । विश्वका शक्तिसम्पन्न देशहरुले समेत आफ्नो राष्ट्रिय हित, स्वाधीनता र