भारतीय प्रधानमन्त्री मोदीले भने– म चाँडै नेपाल आउनेछु



हाम्रो इकोनोमि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू चाँडै नै नेपाल भ्रमणमा आउने प्रयत्नमा लागेको बताएका छन् । नेपाल–भारत पेट्रोलियम पाइपलाइनको संयुक्त उद्घाटनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भिडियो कन्फ्रेन्समा उपस्थित भएका मोदीले भने,‘मलाई त्यहाँ (नेपाल) प्रकृतिको कोखमा आउने रहर छ । तपाई (प्रधानमन्त्री ओली)को निम्तो ग्रहण गरेको छु । म चाँडै आउने प्रयास गर्नेछु ।’

नेपाल–भारतबीच भएका कतिपय सहमतिलाई यसरी नै कार्यान्वयन गर्दै जानेमा आफू सक्रिय रहने बताएका उनले पेट्रोलियम पाइपलाइनको विस्तार र कार्यान्वयन एउटा अभूतपूर्व सफलता भएको बताए ।

उनले प्रधानमन्त्री ओली स्वास्थ्यको प्रतिकूलतामा पनि सक्रियताका साथ काम गरिरहेको बताउँदै स्वास्थ्य अवस्था सुधारको कामनासहित सक्रियता कामय राख्न पनि शुभेच्छा दिए ।

त्यसअघि नेपाल–भारत सम्बन्ध र विकासका परियोजनाको सहकार्य अझ प्रभावकारी बन्दै जाने बताउँदै प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।

मंगलबारबाट भारतदेखि नेपालको अमलेखगञ्ज डिपोसम्मको पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको छ । दैनिक २० घन्टा तेल आउने छ । दुवै प्रधानमन्त्रीले पाइपलाइनको संयुक्त रुपमा स्वीच थिचेर उद्घाटन गरेका पनि गरेका छन् । उक्त पेट्रोलियम भण्डारणका लागि अमलेखगञ्ज डिपोमा चार वटा ठूला ट्यांकी राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...