विप्लवका छोरा प्रकाश चन्द चितवनबाट पक्राउ



हाम्रो इकोनोमि

 

सरकारबाट प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्द पक्राउ परेका छन् । उनलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए ।

चितवन मेडिकल कलेजका विद्यार्थीहरु केहीदिन अगाडिदेखि विभिन्न माग राखी आन्दोलनरत छन् । सो आन्दोलनको अगुवाइ प्रकाश चन्दले गर्दै आएका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय चितवनभित्र राखिएको छ ।

विप्लवका छोरा प्रकाशले भने सीएमसी सञ्चालक न्यौपानेलाई

झुन्ड्याउछौँ

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्दले चितवन मेडिकल कलेजका सञ्चालक हरिशचन्द्र न्यौपानेलाई कलेजको गेटमै झुन्ड्याउने चेतावनी दिएका छन् ।

मेडिकल कलेजले अधिकतम शुल्क लिएर विद्यार्थीलाई मारमा पारेको, उपचारका क्रममा ७० रुपियाँ पर्ने किटलाई १६ सयसम्म लिएको बताउँदै प्रकाशले कलेज गेटमै हालै गरिएको एउटा सभामा भनेका छन्,‘यदि सच्चिएनौ भने हरिशचन्द्र न्यौपाने, हामी तिमीलाई यहि गेटमा ल्याएर झुन्ड्याउँछौं ।’

विद्यार्थी, विरामीका समस्या समाधानका निम्ति न्यौपाने गम्भिर नभएको, वार्तामा समेत नबसेको उल्लेख गरेका प्रकाशले सोही क्रममा भने,‘सक्छन् भने न्यौपाने हामीसँग यहाँ आएर कुरा गरुन्, काठमाडौंका फाइभ स्टारमा बसेर, रक्सी खाएर भाडाका टट्टु लगाउने होइन ।’ प्रकाशले मेडिकल कलेज सञ्चालकहरूले पैसाका लागि गरिबका छोराछोरीलाई मार्न पनि सक्ने भएकाले सचेत हुनुपर्ने बताएका छन् ।

उनले विद्यार्थीसँग बोल्न, चुनौति दिन सक्ने क्षमता न्यौपानेलगायतमा नरहेको पनि बताएका छन् । प्रकाश चितवन मेडिकल कलेजमा अध्ययन गर्ने विद्यार्थी हुन् भने विद्यार्थी राजनीतिमा पनि सक्रिय छन् ।

कलेजले विद्यार्थीलाई मारमा पारेको भन्दै प्रकाशको समर्थनमा धेरै विद्यार्थी उत्रिएका छन् । त्यस मध्येकी एक छात्रा भन्छिन्,‘विप्लवको छोरा प्रकाशले उचालेर ल्याएको भन्ने आरोप लगाए । हामी डाक्टर पढ्ने विद्यार्थी के सत्य, के असत्य के न्याय के अन्याय हामी छुट्याउन सक्तैनौं ?’

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...