विप्लवका छोरा प्रकाशले भने सीएमसी सञ्चालक न्यौपानेलाई झुन्ड्याउछौँ



हाम्रो इकोनोमि

 

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्दले चितवन मेडिकल कलेजका सञ्चालक हरिशचन्द्र न्यौपानेलाई कलेजको गेटमै झुन्ड्याउने चेतावनी दिएका छन् ।

मेडिकल कलेजले अधिकतम शुल्क लिएर विद्यार्थीलाई मारमा पारेको, उपचारका क्रममा ७० रुपियाँ पर्ने किटलाई १६ सयसम्म लिएको बताउँदै प्रकाशले कलेज गेटमै हालै गरिएको एउटा सभामा भनेका छन्,‘यदि सच्चिएनौ भने हरिशचन्द्र न्यौपाने, हामी तिमीलाई यहि गेटमा ल्याएर झुन्ड्याउँछौं ।’

विद्यार्थी, विरामीका समस्या समाधानका निम्ति न्यौपाने गम्भिर नभएको, वार्तामा समेत नबसेको उल्लेख गरेका प्रकाशले सोही क्रममा भने,‘सक्छन् भने न्यौपाने हामीसँग यहाँ आएर कुरा गरुन्, काठमाडौंका फाइभ स्टारमा बसेर, रक्सी खाएर भाडाका टट्टु लगाउने होइन ।’

प्रकाशले मेडिकल कलेज सञ्चालकहरूले पैसाका लागि गरिबका छोराछोरीलाई मार्न पनि सक्ने भएकाले सचेत हुनुपर्ने बताएका छन् ।

उनले विद्यार्थीसँग बोल्न, चुनौति दिन सक्ने क्षमता न्यौपानेलगायतमा नरहेको पनि बताएका छन् । प्रकाश चितवन मेडिकल कलेजमा अध्ययन गर्ने विद्यार्थी हुन् भने विद्यार्थी राजनीतिमा पनि सक्रिय छन् ।

कलेजले विद्यार्थीलाई मारमा पारेको भन्दै प्रकाशको समर्थनमा धेरै विद्यार्थी उत्रिएका छन् । त्यस मध्येकी एक छात्रा भन्छिन्,‘विप्लवको छोरा प्रकाशले उचालेर ल्याएको भन्ने आरोप लगाए । हामी डाक्टर पढ्ने विद्यार्थी के सत्य, के असत्य के न्याय के अन्याय हामी छुट्याउन सक्तैनौं ?’

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...