रामचन्द्र पौडेलले भने सरकारले लामखुट्टे पनि मार्न सकेन



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले लामखुट्टे पनि मार्न नसकेको टिप्पणी गरेका छन् । डेंगु प्रभावित बिरामीले अस्पतालहरु भरीभराऊ हुन लाग्दा पनि नेकपा नेतृत्वको सरकारले लामखुट्टे नियन्त्रण गर्न नसकेको उनको आरोप थियो । डेंगुको यत्रो प्रकोप फैलिएको छ हस्पिटलहरु भरिन थालिसके,’ नेता पौडेलले भने, ‘सरकारलाई काम गर्ने मेसो नै छैन ।’

कांग्रेसले थालेको जागरण अभियान तथा विपी जयन्तीका अवसरमा बोल्दै नेता पौडेलले सरकार काण्डै काण्डमा फसेको बताए । एनसेल काण्ड होस् या, वाइडबडी काण्ड होस् सरकार काण्डहरुमा फसेको उनको भनाइ थियो ।

अदालत र अख्तियार पनि दुई तिहाई सरकारको प्रभाव र छाँयामा परेको नेता पौडेलको आरोप छ । ‘दुई तिहाईको दम्भ देखाएर अख्तियार र अदालतलाई तर्साएर देशमा लुट मच्चाउने काम भएको छ,’ पौडेलले भने, ‘यत्रो भ्रष्टाचार भइ रहँदा अख्तियार के हेरेर बसिरहेको छ ? अदालत के हेरेर बसिरहेको छ ?’

एनसेल काण्डको फैसलामा अदालत पनि प्रभावमा परेको देखिएको उनको भनाइ थियो । सरकारको गतिविधिले जनतालाई निराश पार्ने काम गरेको बताउँदै नेता पौडेलले अब जनतालाई न्याय दिलाउने काम कांग्रेसले गर्ने बताए । ‘कांग्रेस नै कम्युनिस्ट शासनको विकल्प हो,’ पौडेलले भने, ‘निर्धा, निमुखालाई न्याय र विपन्नतालाई आय अब कांग्रेसले नै दिलाउँछ ।’

 

कास्की २ मा कांग्रेसकै जीत हुन्छ

अहिलेको सरकार आलोचनाको जालोमा फसेको बताएका कांग्रेस नेता पौडेलले कास्की क्षेत्र नम्बर २ मा अब कांग्रेसकै जीत हुने जिकीर गरे । कास्की क्षेत्र नम्बर २ मै सबैको ध्यान खिचिएको उनको भनाइ थियो ।

नेता पौडेलले कांग्रेसका नेता टिकटको जालोमा फस्नुको साटो पार्टीलाई जिताउन एक भए जीत कांग्रेसकै हुने उनले बताए । मंसिर १४ मा हुने उपचुनावमा मिलेर जान नेता कार्यकर्तालाई उनको आग्रह छ ।

‘जनताको घर दैलोमा पुगेर पार्टीको सिद्धान्त बुझाउने कोसिस गरे जीत कांग्रेसकै हुन्छ,’ नेता पौडेलले भने, ‘देशको ध्यान अहिले कास्कीतिरै केन्द्रीत छ । टिकट जोसुकैले पाओस् म काग्रेस हुँ मैले रुखमा भोट हाल्नुपर्छ भन्ने यत्ति कुरा बुझाउनुस् ।’ कांग्रेसबाट जसले टिकट पाए पनि कांग्रेसले जित्छ भन्ने भावनाको विकास गराउन आग्रह गर्दै नेता पौडेलले यो मौका गुमाउन नहुने बताए ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...