प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास पुगेका छन् । मध्याह्न १२ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका प्रधानमन्त्री ओली त्यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् । प्रधानमन्त्री फर्किएपछि मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ । बैठकमा ५ जना नेताहरुले धारणा राखेपछि बैठक