ओली–प्रचण्डबीच फेरी वार्ता गर्ने सहमति



हाम्रो इकोनोमि

 

नेकपाभित्र उत्पन्न संकट समाधान गर्न बसेको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता बिना सहमति सकिएको छ ।

केही दिन स्थगित भइ आइतबार सुरु भएको अध्यक्षद्वयबीचको संवाद सोमबार पनि बिना सहमति सम्पन्न भएको हो ।‘बैठकको शुरुमा जनैपूर्णिमाको शुभकामना साटासाट भयो । त्यसपछि विषयवस्तुमा प्रवेश भए पनि कुनै सहमति हुन सकेन’ वार्तामा सहभागी एक नेताले भने, ‘वार्ताको निरन्तरता मात्रै भयो । अरु केही प्रगति भएन ।’

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहान सवा ९ बजेबाट शुरु भएको वार्तामा दुवै नेता बाहेक झलनाथ खनाल र सुवास नेम्वाङ सहभागी थिए । खनाल प्रचण्ड र नेम्वाङ ओलीका तर्फबाट वार्तामा सहभागी भएका हुन् ।

वार्तामा अध्यक्ष प्रचण्डले स्थगित स्थायी समिति बैठकको तत्काल मिति तोक्न र समस्या समाधान गर्न ओलीलाई आग्रह गरेका थिए । तर, ओलीले पहिला सचिवालयमा सहमति गरेर मात्रै स्थायी समिति बैठक बोलाउनुपर्ने अडान दोहोराएका थिए ।

‘सचिवालयमा घनिभूत छलफल गरौँ । त्यसपछि मात्रै स्थायी समिति बैठक बोलाऔं’, ओलीको जवाफ थियो । बैठक बोलाउने र नबोलाउने दुवै पक्षले अडान नछाडेपछि पुनः मङगलबार छलफल गर्ने गरी नेताहरु उठेका थिए । अध्यक्षद्वयबीच करिब डेढ घण्टा संवाद भएको थियो ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...