प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । राष्ट्रपति पौडेल भेट्न प्रधानमन्त्री दाहाल मंगलबार बिहान शीतल निवास पुगेका थिए। भेटमा उनीहरूबीच देशको पछिल्लो राजनीतिक अवस्था र समसायिक विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्धिका लागि संकल्प यात्रा शत प्रतिशत सफल भएको दाबी गरेका छन् ।