एमाले प्रदेश पदाधिकारीको भेला काठमाडौंमा हुने



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) प्रदेश पदाधिकारीको यही पुस १९ गते काठमाडौंमा भेला हुने भएको छ । नवनिर्वाचित प्रदेशका पदाधिकारीको भेला हुन लागेको हो । भेलामा सबै प्रदेश कमिटीका अध्यक्ष, उपाध्यक्ष, सचिवलगायतका सहभागिता रहने एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव भीष्मराज अधिकारीले जानकारी दिए । उनका अनुसार भेलामा प्रदेश पदाधिकारीलाई अभिमुखीकरण तथा परीक्षण दिइने छ । भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । पार्टी नेताहरूले प्रदेश पदाधिकारीलाई अभिमुखीकरण दिने एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...