शान्ति प्रक्रिया टुंग्याउन राष्ट्रिय सहमतिमा जाऔं : प्रचण्ड



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति प्रक्रियालाई टुंग्याउन राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । मेलमिलाप दिवसको अवसरमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफूले सुरूदेखि नै राष्ट्रिय सहमतिको कुरा उठाएको बताए । उनले भने, ‘मैले सुरूदेखि नै घटनाक्रम जे जसरी गएपनि राष्ट्रिय सहमतिको वातावरण बनोस् भन्ने कुरा देशको सबैभन्दा ठूलो दलको नाताले। अब एक खालको सहमति गरेर शान्ति प्रक्रिया टुंग्याउनुछ, त्यो भनेको राष्ट्रिय सहमतिबाटै टुंग्याउनुपर्छ हामीले ।’

उनले संविधान कार्यान्वय र विकासका चुनौतीलाई पनि राष्ट्रिय सहमतिबाटै जानुपर्ने बताए । उनले भने, ‘म जसरी प्रधानमन्त्री भएको भएपनि भागबन्डा गर्दा यो बिग सिक्स भनौं राष्ट्रपति प्रधानमन्त्रीलगायतमा । मैले ठूलो पार्टी हुनुको नाताले कांग्रेसलाई राष्ट्रपति दिऔं सहमतिमै त्यसले देशमा नयाँ सन्देश पनि जान्छ । हामी शान्ति सम्झौता हुँदै आएका दलहरूकाबीचमा एकता हुन्छ भन्ने सोचेकै थिएँ । तर, त्यसमा सहमति हुन सकेन । कांग्रेसलाई बाहिर राखेर लोकतान्त्रिक प्रक्रिया र शान्ति प्रक्रिया सही ढंगले जाँदैन ।

उनले विपक्षी दलको नेता केपी शर्मा ओलीले विकास, शान्ति र संविधान कार्यान्वयको निम्ति, गणतन्त्रको निम्ति एकताबद्ध हुन तयार छु भन्नुले नयाँ सन्देश गएको बताए । प्रचण्डले भने, आजको यो कार्यक्रममा देशभरी नयाँ सन्देश प्रवाह गर्‍यो राष्ट्रिय एकता र सहमति गरेर जनताको आशा अपेक्षा पूरा गर्न एकताबद्ध भएर संकल्प गरौं ।

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...