बालकुमारी घटना मोड्न खोज्दैछन् प्रचण्ड : भीम रावल



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालकुमारी घटना गणतन्त्रविरुद्धको डिजाइन हुनसक्ने भन्दै अन्तै मोड्न खोजेको आरोप लगाएका छन् । प्रधानमन्त्रीले सोमबार मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै दुई युवा मारिएको घटना लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन हुनसक्ने आशंका गरेका थिए । प्रधानमन्त्रीले भनेका थिए, ‘यो सामान्य छैन । दुई युवाको जस्तो परिवेशमा जसरी हत्या भएको छ । ईपीएसमा जे जस्ता गतिविधि भएका छन् । गाडी जलाउने गतिविधि छ । यो थिङ्स आर नट ह्वाट दे सीम भनेको जस्तो छ । चिज त्यस्तो छैन जस्तो देखिएको छ । त्योभित्र अर्कै केही छ भन्ने मैले अनुभूत गरेको छु । यो कहीं लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन कतै छैन भन्ने यो प्रमाणित होइन । तर, नेता रावलले प्रचण्डले व्यवस्थामा खतराको कुरा गर्दै बालकुमारी ध्यान अन्तै खिचेर विषय लुकाउने डिजाइन रचेको हुनसक्ने बताए । उनले ट्वीटरमा लेखेका छन्, ‘गिरिजा प्र. कोइरालाले ग्र्याण्ड डिजाइन भन्ने तर नखोलेर सत्ताको खेल खेलेका थिए । उनैका प्रशंसक प्रचण्डले व्यवस्थामा खतराको कुरा गर्दै बालकुमारी हत्याकाण्डमा डिजाइन भएको भनेका छन् कस्तो र कसले गरेको ? प्रधानमन्त्रीले भन्नुपर्छ । अन्यथा ध्यान अन्तै खिची यी विषय लुकाउने प्रधानमन्त्रीको डिजाइन हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...