प्रकाश ज्वालालाई मन्त्रीबाट हटाउने प्रधानमन्त्री प्रचण्डको तयारी



हाम्रो इकोनोमि

 

 

बालकुमारी घटनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालालाई मन्त्रीबाट हटाउने तयारी सुरु गरेका छन् । यसका लागि उनले सरकारबाट फिर्ता बोलाउन उनको दल नेकपा (एकीकृत समाजवादी)लाई आग्रह समेत गरेका छन् । प्रधानमन्त्री प्रचण्डले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई टेलिफोन गरी मन्त्री ज्वालालाई सरकारबाट फिर्ता बोलाइदिन आग्रह गरेको स्रोतको दाबी छ । ‘भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला विवादमा पर्नुभयो, उहाँलाई सरकारबाट फिर्ता बोलाउँदा राम्रो होला,’ प्रधानमन्त्री दाहाललाई उद्धृत गर्दै नेपालनिकट स्रोतले भन्यो । रोजगारीका लागि कोरिया जान भाषा परीक्षा दिन पाउनुपर्ने माग राखेर ललितपुरको बालकुमारीस्थित इपिएस कार्यालय क्षेत्रआसपास शुक्रबार गरिएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा दुई युवकको ज्यान गएको थियो ।

यसमा भौतिक योजना तथा यातायातमन्त्री ज्वाला पनि जिम्मेवार देखिएपछि प्रधानमन्त्रीले उनलाई सरकारबाट फिर्ता बोलाउन अध्यक्ष नेपालसमक्ष आग्रह गरेका हुन् । मन्त्री ज्वाला शुक्रबार झन्डावाला गाडीसहित विरोध प्रदर्शन भइरहेको क्षेत्र बालकुमारी हुँदै कोटेश्वर जाने क्रममा प्रदर्शनकारी आक्रोशित भएका थिए । आक्रोशित प्रदर्शनकारीले मन्त्री ज्वालाको गाडीमा आगजनीसमेत गरेका थिए ।  प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । प्रहरीले गोली चलाउँदा दुई युवकको ज्यान गएको थियो । बालकुमारी घटनापछि मन्त्री ज्वाला र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै पछिल्लो दिनहरुमा दिनहुँ विरोध प्रदर्शन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...