प्रकाश ज्वालालाई मन्त्रीबाट हटाउने प्रधानमन्त्री प्रचण्डको तयारी



 

 

बालकुमारी घटनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालालाई मन्त्रीबाट हटाउने तयारी सुरु गरेका छन् । यसका लागि उनले सरकारबाट फिर्ता बोलाउन उनको दल नेकपा (एकीकृत समाजवादी)लाई आग्रह समेत गरेका छन् । प्रधानमन्त्री प्रचण्डले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई टेलिफोन गरी मन्त्री ज्वालालाई सरकारबाट फिर्ता बोलाइदिन आग्रह गरेको स्रोतको दाबी छ । ‘भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला विवादमा पर्नुभयो, उहाँलाई सरकारबाट फिर्ता बोलाउँदा राम्रो होला,’ प्रधानमन्त्री दाहाललाई उद्धृत गर्दै नेपालनिकट स्रोतले भन्यो । रोजगारीका लागि कोरिया जान भाषा परीक्षा दिन पाउनुपर्ने माग राखेर ललितपुरको बालकुमारीस्थित इपिएस कार्यालय क्षेत्रआसपास शुक्रबार गरिएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा दुई युवकको ज्यान गएको थियो ।

यसमा भौतिक योजना तथा यातायातमन्त्री ज्वाला पनि जिम्मेवार देखिएपछि प्रधानमन्त्रीले उनलाई सरकारबाट फिर्ता बोलाउन अध्यक्ष नेपालसमक्ष आग्रह गरेका हुन् । मन्त्री ज्वाला शुक्रबार झन्डावाला गाडीसहित विरोध प्रदर्शन भइरहेको क्षेत्र बालकुमारी हुँदै कोटेश्वर जाने क्रममा प्रदर्शनकारी आक्रोशित भएका थिए । आक्रोशित प्रदर्शनकारीले मन्त्री ज्वालाको गाडीमा आगजनीसमेत गरेका थिए ।  प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । प्रहरीले गोली चलाउँदा दुई युवकको ज्यान गएको थियो । बालकुमारी घटनापछि मन्त्री ज्वाला र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै पछिल्लो दिनहरुमा दिनहुँ विरोध प्रदर्शन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
समाजवादी प्रेस संगठन विघटन, अध्यक्ष प्रेस चौतारीमा प्रवेश

    नेकपा (एकीकृत समाजवादी) निकट पत्रकार संगठन समाजवादी प्रेस संगठन विघटन भएको

सरकारले दल फुटाउने अध्यादेश ल्याउन खोजेको विपक्षी दलको आशंका

    विपक्षी दलहरुले संघीय संसदको नियमित हिउँदे अधिवेशन बोलाएर कानून निर्माण नगरी,

माधव नेपाललाई एमालेले ढोका खोलेको छैन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका

समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी प्रेस चौतारीमा प्रवेश गर्दै

  समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष विश्वमणि सुवेदी पार्टी परित्याग गर्दै प्रेस चौतारीमा