राजनीति

नयाँ संविधानलाई संस्थागत गर्न काँग्रेसको आवश्यकता छ: नेता सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नयाँ सविधानलाई संस्थागत गर्न नेपाली काँग्रेसको आवश्यकता रहेको बताउनुभएको छ । घट्टेकुलो र डिल्लीबजार क्षेत्रमा आज चुनावी घरदैलो कार्यक्रमअन्तर्गत भएको भेलामा उहाँले भन्नुभयो —“निर्वाचन नजिकिँदै गर्दा काँग्रेसलाई मतदान गर्नुपर्छ भन्ने जनविचार बढ्दै गएको छ ।”