समानुपातिकको १८ प्रतिशत मत गन्न बाकी हुँदा एमालेले २८ लाख कटायो,हेर्नुहोस त अरु कुन दलले कति पायो?



हाम्रो इकोनोमि

प्रतिनिधिसभाको समानुपातिक तर्फको करिब ८२ प्रतिशत मतगणना सम्पन्न भएको छ। एक करोड ५ लाख ८७ हजार ५ सय २१ मध्ये ८३ लाख १४ हजार ४ सय ६३मत गणना भइसकेको छ।
समानुपातिकमा पनि एमालेको अग्रता कायमै छ । पछिल्लो परिणामअनुसार कांग्रेसभन्दा एमाले ८४ हजार मतले अघि छ ।

हालसम्मको परिणामअनुसार नयाँ शक्ति पार्टी नेपाल, राप्रपा(प्रजातान्त्रिक), राष्ट्रिय जनमोर्चाले थ्रेसहोल्ड कटाउन नसक्ने देखिएको छ । राप्रपा र विवेकशील नेपालले पनि थ्रेसहोल्ड कटाउन सकेकन छैनन्, तर उनीहरु थ्रेसहोल्डको नजिक छन्।

कसको कति मत ?
एमाले– २८ लाख २३ हजार ४ सय ९३
कांग्रेस– २७ लाख ३९ हजार १ सय २७
माओवादी केन्द्र– ११ लाख ३५ हजार ५ सय ८८
संघीय फोरम– ४ लाख १ हजार २
राजपा– ३ लाख ४४ हजार ३ सय ११
राप्रपा– १ लाख ८३ हजार ८ सय २६
विवेकशील– १ लाख ८८ हजार २ सय ८७
नयाँ शक्ति– ७३ हजार १३
राप्रपा(प्रजातान्त्रिक)– ६९ हजार ५ सय ५२
राष्ट्रिय जनमोर्चा– ५१ हजार ६ सय ३१

प्रतिक्रिया दिनुहोस
पहिरो पन्छाएर पृथ्वी राजमार्गमा यातायात सञ्चालन

    धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खसेर अवरुद्ध भएको...

नाइमा एक्स्पोमा एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्ता

    नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘नाइमा...

नाइमा मोबिलिटी एक्स्पो, विद्युतीय सवारीसाधनमा मुख्य आकर्षण

   भृकुटीमण्डपमा सम्पन्न ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो-२०२६’ मा यसपालि विद्युतीय गाडी, हाइब्रिड, प्लग-इन...

१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...