नवराज सिलवाल प्रकरणमा किर्ते गर्नेलाई कारबाही गर्न सर्बोच्च अदालतले यस्तो दियो आदेश,अब सिलवाललाई कारबाही हुन्छ की प्रहरी प्रमुख अर्याललाई?



हाम्रो इकोनोमि

नेपाल प्रहरीका पूर्व नायव महानीरिक्षक (डिआईजी) नवराज सिलवाल लगायत अन्य प्रहरी अधिकारीको कार्यसम्पादन मूल्याङ्कन फारमको अङ्क फरक पार्ने कार्यमा संलग्न रहेका व्यक्तिमाथि अनुसन्धान गरी कारबाही चलाउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीशहरु ओम प्रकाश मिश्र, केदार प्रसाद चालिसे, सारदा प्रसाद घिमिरे, मिरा खड्का, प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारीको बृहद पूर्णइजलाशले बिहीवार उक्त आदेश जारी गरेको हो । आदेशमा पूर्व डिआईजी सिलवालको कार्य सम्पादन मूल्याङ्कन फारमको अङ्क फरक पार्ने कार्यमा संलग्नता रहेकाहरुको विरुद्ध अनुसन्धान गरी दोषी देखिएका उपर कारबाही चलाउन भनिएको छ ।

यस्तै नवराज लिसवालको पक्षबाट सार्वजनिक सरोकारको मुद्दा भनि मुद्दा दायर गर्ने कानून व्यवसायीको नाम पनि अभिलेखमा राख्न नेपाल कानून व्यवसायी परिषद्मा पठाउन इजलाशले आदेश दिएको छ ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले नेपाल प्रहरीको महानिरीक्षक तोक्ने निर्णय गर्न लागेको बेला कानून व्यवसायी कपिल देव ढकालले सार्वजनिक सरोकारको मुद्दा भनि नवराज सिलवालको पक्षबाट मुद्दा दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
पहिरो पन्छाएर पृथ्वी राजमार्गमा यातायात सञ्चालन

    धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खसेर अवरुद्ध भएको...

नाइमा एक्स्पोमा एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्ता

    नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘नाइमा...

नाइमा मोबिलिटी एक्स्पो, विद्युतीय सवारीसाधनमा मुख्य आकर्षण

   भृकुटीमण्डपमा सम्पन्न ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो-२०२६’ मा यसपालि विद्युतीय गाडी, हाइब्रिड, प्लग-इन...

१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...