यी हुन् राष्ट्रपतिविरुद्ध फेसबुकमा अश्लील स्टाटस लेख्ने २० बर्षे बानिया,पाँच महिनापछि यसरी समात्यो सिआइबीले



हाम्रो इकोनोमि

राष्ट्रपतिलाई फेसबुकमा अश्लील र अमर्यादित स्टाटस लेख्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तनहुँ बन्दीपुर ३ घर भएका २० वर्षीय विवेक बानियालाई आज काठमाडौँबाट पक्राउ गरेको हो। बनिया ट्रिनिटी कलेजमा अध्ययनरत थिए। उनी कांग्रेस निकट बिद्यार्थी नेविसंघ संग आबद्द रहेको बुझिएको छ।

ब्युरोका प्रवक्ता एसपी जीवनराम श्रेष्ठका अनुसार गत असारमा फेसबुकमा अश्लील र अमर्यादित स्टाटस लेखेपछि उनी फरार थिए।

पक्राउ गरेका बानियालाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन,२०६३ अन्तर्गतको मुद्दामा आवश्यक अनुसन्धान कार्य गरिरहेको प्रहरीले जनाएको छ।

साइबर कानूनको अभावमा यस्ता विषयलाई इकमर्स (इलेक्ट्रोनिक कारोबार) लाई व्यवस्थित बनाउन ल्याइएको यो कानुनको दफा ४७ अनुसार मुद्दा चलाइने गरेको छ।
ऐनको दफा ४७ मा कानुन विपरीतका काम विद्युतीय माध्यमबाट गर्नेलाई पाँच वर्षसम्म कैद वा एक लाख जरिवाना वा दुवै सजाय हुनसक्ने उल्लेख छ।

कुनै निश्चित मापदण्ड र परिभाषा नभएको कारण यही दफा ४७ प्रयोग गरेर प्रहरीले सबै खालका साइबर अपराधको सम्बोधन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस
गणेशको हत्याको जिम्मेवार बालेन सरकार हो : ऐन महर

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सदनमै सरकारविरुद्ध मुर्दावादको नारा लगाएका...

बालेन सरकारबिरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

    बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’ भन्दै माइतीघर मण्डलामा...

गणेश नेपालीको उपचारका क्रममा निधन

  हिजो त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको...

सर्वोच्च नेता खामेनीको चार महिनापछि अन्त्येष्टि

    इरानका मारिएका सर्वोच्च नेता अली खामेनीलाई उनको मृत्यु भएको चार महिनाभन्दा...