मत बदर हुन नदिन राजनीतिक दलले मतदाता शिक्षा दिँदै
मत बदर हुन नदिन तेह्रथुममा राजनीतिक दलहरुले पनि मतदाता शिक्षा दिन थालेका छन् । लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनले चुनाव प्रचारप्रसारसँगै मतदाता शिक्षालाई अभियानकै रुपमा सञ्चालन गरेका हुन् । दलहरुले चुनाव प्रचारप्रसारका लागि आयोजित चुनावीसभामै सहभागीलाई मतदान गर्नेबारे सिकाइरहेका छन्