आधुनिक नेपालमा सबैभन्दा ठूलो संघर्षको नेतृत्व गर्ने अवसर मिल्यो : प्रचण्ड



हाम्रो इकोनोमि

माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डुले आधुनिक नेपालमा सबैभन्दा ठूलो संघर्षको नेतृत्व आफूले गर्न पाएको बताएका छन् ।

बिहीबार राजधानीमा देशभक्त गणतान्त्रिक नेपालले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शान्ति प्रक्रिया, संविधान निर्माण र समृद्ध नेपाल निर्माणको नेतृत्व आफूले गर्न पाएको बताए ।

उनले भने, ‘पृथ्वीनाराण शाहपछि सबैभन्दा ठूलो संघर्षको नेतृत्व मलाई प्राप्त भयो, यस्तो अवसर बिरलै मानिसहरुलाई प्राप्त हुन्छ । मैलै शान्ति प्रक्रिया, संविधान निर्माण र समृद्ध नेपालको नेतृत्व गर्ने अवसर पाएँ, सबै नेपाली जनताप्रति ऋणी छु ।’

अध्यक्ष दाहालले वाम गठबन्धनको विजयसँगै अब देशमा राजनीतिक स्थिरता र विकास हुने दाबी पनि गरे । ‘वाम गठबन्धनलाई नेपाली जनताले दिएको मतलाई सबैले अनुमोदन गरिसके, ‘ अध्यक्ष दाहालले अगाडि भने, ‘ जनताको फैसलाभन्दा अरु केही हुन सक्दैन । अब देशमा राजनीतिक स्थिरता र विकास हुन्छ । जनताले हामीमाथि धेरै आशा र भरोशा गरेका छन्, उनीहरुले हामीप्रति गरेको विश्वासलाई मर्न दिँदैनौं ।’

पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष दाहालले वाम गठबन्धनले देशको विकास र समृद्धिको निर्वाचनबाट राष्ट्रिय दल बनेका चार पार्टीहरुलाई पनि मिलाएर लैजाने बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...