आधुनिक नेपालमा सबैभन्दा ठूलो संघर्षको नेतृत्व गर्ने अवसर मिल्यो : प्रचण्ड



हाम्रो इकोनोमि

माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डुले आधुनिक नेपालमा सबैभन्दा ठूलो संघर्षको नेतृत्व आफूले गर्न पाएको बताएका छन् ।

बिहीबार राजधानीमा देशभक्त गणतान्त्रिक नेपालले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शान्ति प्रक्रिया, संविधान निर्माण र समृद्ध नेपाल निर्माणको नेतृत्व आफूले गर्न पाएको बताए ।

उनले भने, ‘पृथ्वीनाराण शाहपछि सबैभन्दा ठूलो संघर्षको नेतृत्व मलाई प्राप्त भयो, यस्तो अवसर बिरलै मानिसहरुलाई प्राप्त हुन्छ । मैलै शान्ति प्रक्रिया, संविधान निर्माण र समृद्ध नेपालको नेतृत्व गर्ने अवसर पाएँ, सबै नेपाली जनताप्रति ऋणी छु ।’

अध्यक्ष दाहालले वाम गठबन्धनको विजयसँगै अब देशमा राजनीतिक स्थिरता र विकास हुने दाबी पनि गरे । ‘वाम गठबन्धनलाई नेपाली जनताले दिएको मतलाई सबैले अनुमोदन गरिसके, ‘ अध्यक्ष दाहालले अगाडि भने, ‘ जनताको फैसलाभन्दा अरु केही हुन सक्दैन । अब देशमा राजनीतिक स्थिरता र विकास हुन्छ । जनताले हामीमाथि धेरै आशा र भरोशा गरेका छन्, उनीहरुले हामीप्रति गरेको विश्वासलाई मर्न दिँदैनौं ।’

पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष दाहालले वाम गठबन्धनले देशको विकास र समृद्धिको निर्वाचनबाट राष्ट्रिय दल बनेका चार पार्टीहरुलाई पनि मिलाएर लैजाने बताए ।

प्रतिक्रिया दिनुहोस
नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

  बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने...

राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...