आफुलाई पृथ्वीनारायणसँग तुलना गर्दै प्रचण्डले भने-शान्ति सम्झौताका दुई खम्मा मध्ये अहिले म मात्रै छु,अबको प्रधानमन्त्री मै हो



हाम्रो इकोनोमि

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफु अबको नेतृत्व आफ्नै काँधमा आएको बताएका छन् ।
देशभक्त गणतान्त्रिक मञ्चले काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष दाहालले क्रान्ति, शान्ति, संविधान निर्माणको आफु एक मात्रै हस्ती भएको भन्दै अब संविधान कार्यान्वयन र समृद्धिको नेतृत्व पनि आफैले गर्नु पर्ने आवश्यकता रहेको बताएका हुन् ।

उनले घुमाउरो भाषा आफु प्रधानमन्त्री बन्नु पर्ने बताएका हुन् । उनले भनेका छन्, ‘क्रान्तिको नेतृत्व मैले गरे, शान्ति सम्झौताका दुई खम्मा मध्य अहिले म मात्रै छु । संविधान निर्माणताका उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्व गरेर संविधान जारी गर्न महत्वपूर्ण भूमिका खेले । अब संविधान कार्यान्वयनमा नेतृत्व गर्ने जिम्मा पनि मेरै काँधमा आएको छ ।

एकै व्यक्तिलाई यति धेरै अवसर निकै कमलाई मात्रै प्राप्त हुन्छ, उनले अगाडि भने, ‘मलाई त्यस्तो अवसर प्राप्त भयो, नेपाल राष्ट्र र नेपाली जनताप्रति म ऋणि छु ।’

उनले आफुलाई पृथ्वीनारायण शाहपछि नेपालमा सबैभन्दा ठूलो आन्दोलन गर्ने व्यक्तिको रुपमा चित्रित गरेका छन् । उनले भने, ‘पृथ्वीनारायण शाहपछि नेपालमा सबैभन्दा ठूलो आन्दोलन र बलिदान मेरै नेतृत्वमा प्राप्त भयो, त्यसले गणतन्त्र, संघीयता र नयाँ संविधान दियो ।’

मेरै नेतृत्वमा शान्ति सम्झौता भयो, उनले थपे, ‘युद्ध र शान्ति दुवैको नेतृत्व गर्ने अवसर जनताले मलाई दिए । संविधान निर्माण र कार्यान्वयनमा पनि मैले नेतृत्वदायी भूमिका खेले । अब नेपालको स्थिरता, विकास र समृद्धिको नेतृत्व पनि मेरै काँधमा आएको छ, त्यो जिम्मेवारी पनि म पूरा गर्छु ।’

उनले निर्वाचनमार्फत् जनताले दिएको जनमतप्रति पार्टी र नेताहरु विनम्र हुनुपर्ने पनि बताए । उनले भने, “जनताले हामीलाई निकै ठूलो जिम्मेवारीको भारी बोकाएका छन्। हाम्रो दायित्व देशमा स्थिरता र विकासको सपना साकार पार्नु हो । जनमतबाट हामी अझै जिम्मेवार बन्नुपर्छ, विनम्र बन्नुपर्छ । जनमतको सम्मान गरेर अघि बढ्नुपर्छ ।”

“हामीले बामपन्थी गठबन्धन बनाएर निर्वाचन लड्यौं । जनताले बाम समीकरण र पार्टी एकतालाई अनुमोदन गरेका छन्’ अध्यक्ष दाहालले भने, ‘अब हामी इमान्दार भएर अगाडि बढ्नुपर्छ । निर्वाचनले धेरै चुनौतिको समाधान दिएको छ । तर, केही चुनौति देखिएका छन् । संविधान र कानूनको फरक व्याख्या देखिएको छ । यसको समाधान पनि जनमतअनुसार नै हुन्छ । राष्ट्रिय एकता र भौगोलिक अखण्डताको प्रावधान बाहेक अरु कुरा जनमतका आधारमा परिमार्जन गर्न सकिन्छ ।’ उनले अब काँग्रेस लगायत सबै राष्ट्रिय पार्टीहरुसँग मिलेर जानुपर्ने आवश्यकता औँल्याए ।

प्रतिक्रिया दिनुहोस
८८ प्रतिशत एमाले नेतृत्व परिवर्तनको पक्षमा

     नेकपा (एमाले) भित्र नीति, नेतृत्व र संगठनात्मक संरचनामा आमूल परिवर्तनको माग...

नेपाललाई चीन विरोधी अखडा बनाउन खोजेकोप्रति एमालेको आपत्ति

    नेकपा एमालेले तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सव मनाउन अनुमति दिएकोप्रति आपत्ति...

संविधान संशोधन कार्यदलबाट बाहिरियो एमाले

    नेकपा (एमाले) ले सरकारद्वारा गठित ‘संविधान संशोधन बहसपत्र तयारी कार्यदल’ बाट...

पछिल्ला गतिविधिले नेपालको परराष्ट्र नीतिमा प्रश्न उठ्यो : नारायणकाजी

  नेकपाका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा दलाई लामासम्बन्धी पछिल्ला गतिविधिले नेपालको...