नरेन्द्र मोदी संग भित्रिया सम्बन्ध भएको बताउने कर ठगी काण्डका नायक बिनोद चौधरीले बाम गठबन्धन फुटाउने यस्तो पाए जिम्मेवारी



हाम्रो इकोनोमि

वाम गठबन्धनको चुनावी तालमेल बनेपछि एकाएक नेपाली कांग्रेसमा प्रवेश गरेका विवादास्पद नेपाली उद्योगपति विनोद चौधरी यतिबेला वाम गठबन्धनको सरकार निर्माण हुन नदिन सकुनी खेलाडीका रूपमा सक्रियतापूर्वक लागेका छन् ।

कांग्रेसको भरपर्दो सूत्रले दिएको आधिकारिक जानकारी अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले चौधरीलाई यस्तो जिम्मेवारीमा लगाएका छन् । लोकमानसिंह कार्की अख्तियारको प्रमुख आयुक्तमा कार्यरत रहेका बेला विनोद चौधरीलाई कर ठगी काण्डमा मुद्दा चलाउने तयारी भएको थियो । त्यो बेला प्रचण्डले विनोद चौधरीलाई कारबाही नगर्न लोकमानलाई दवाव दिएका कारण कारबाही रोकिएको बुझिएको छ ।

चर्चित भ्याट छली प्रकरणमा विनोद चौधरी मुछिएका भए पनि उनीमाथि कारबाही भएको थिएन । चौधरीले प्रचण्डलाई आफ्नो पक्षमा कसरी प्रयोग गरे भन्नेबारे लोकमानसिंह कार्कीसमेत आश्चर्यमा परेको आफ्ना निकटहरूबीच कार्कीले चर्चा गर्ने गरेको अख्तियारका एक कर्मचारीले बताए ।

आफूविरुद्धको कारबाही रोक्न प्रचण्डलाई प्रयोग गर्न सफल भएका विनोद चौधरीले प्रचण्डलाई वाम गठबन्धनबाट फुटाएर कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनाउन सफलता हासिल गरिहाले पनि त्यो आश्चर्य हुने छैन ।

आफू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसाग निकट भएको दावी गर्ने चौधरीले आफ्ना दुई छोराहरूलाई विदेशी नागरिक बनाएका छन् भने विदेशी नागरिक भएका छोराहरूकै नाममा नेपालबाट पुाजी पलायन गर्ने अभियानलाई तीव्र बनाएका छन् ।

चौधरीले नेपालबाट उत्पादन भइरहेको वाईवाई चाउचाउ नेपाल बाहिर विभिन्न देशहरूमा उत्पादन सुरु गरेका छन् भने विदेशतिरै अन्य उद्योगहरूमा लगानी बढाएका पनि छन् ,जनधारणा उल्लेख छ ।
नेपालमा विदेशीहरूलाई लगानी गर्न आह्वान गरिरहेको सरकारले आफ्नो देशबाट भइरहेको पुँजी पलायनलाई भने रमिते बनेर हेरिरहेको छ । अहिले कांग्रेस संग लहसिएका चौधरीले जसरी हुन्छ बाम गठबन्धन तोड्ने जिम्मेवारी पाएका छन्।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...