सरकारले प्रतिशोधी निर्णय गर्‍यो : योगेश भट्टराई



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले संयमताका साथ अगाडि बढ्नुपर्ने सरकारले हतारमा प्रतिशोधी निर्णय गरेको टिप्पणी गरेका छन् । पार्टी अध्यक्ष केपी ओलीको गिरफ्तारीपछि डाकिएको आकस्मिक सचिवालय बैठकमा सहभागी हुन च्यासल आइपुगेका उनले कानूनी राज्य र विधिको शासन हुनुपर्ने बताए ।

सञ्चारकर्मीसँग भट्टराईले भने, नयाँ जनादेश पाएको सन्दर्भमा मुलुकलाई कसरी संयमताका साथ अगाडि बढाउनुपर्ने भन्नेमा सरकारले प्रतिशोधी निर्णय गर्‍यो । हामीले बनाएका संविधान कानून छन् । कानुनी राज्य र विधिको शासन हुनुपर्छ । पहिलेजस्तो अब सडकमा टायर बाल्ने र विरोध गर्ने कार्यक्रम हुँदैन हो’ भन्ने पत्रकारको प्रश्नमा भने उनी मौन रहे । भट्टराईले सामाजिक सञ्जालमा पनि लोकतान्त्रिक व्यवस्थामा राज्य र सरकार आक्रमक नभइ संयम हुनु पर्ने बताएका छन् ।

उनले लेखेका छन्, प्रतिशोध र बदला होइन संवाद र सहकार्यको बाटोमा जानु पर्दछ । कानूनी राज्य र विधिको शासनको उपहास मान्य छैन । घटनाको न्यायिक, निष्पक्ष र पारदर्शी छानबिन हुनु पर्दछ । हाम्रो पार्टी नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको गिरफ्तारीको निन्दा गर्दछु । अविलम्ब रिहाइको माग गर्दछु । उनले जनताबाट प्राप्त जनादेशको दुरुपयोग नगर्न बालेन्द्र सरकारको ध्यानाकर्षण गराएका छन् । भट्टराईले थपेका छन्, हाम्रो पार्टीले कानूनी र राजनीतिक बाटो लिनु पर्दछ । संयम र धैर्यताका साथ एकताबद्ध भएर प्रतिकूल परिस्थितिको सामना गरिने छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...