सिन्धुलीमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आइतबार बिहान काठमाडौंबाट सिन्धुलीमाढी जाँदै गरेको बा ८ च ९१३५ नम्बरको रातो ग्रेटवाला कार सिन्धुलीको कमलामाई नगरपालिका–३ पिपलभञ्ज्याङ नजिकै घुम्तीमा दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो ।