राष्ट्रपति पौडेल उपचार सकेर स्वदेश फर्कदै



 

 

राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किने भएका छन् । उपचार गराएर राष्ट्रपति पौडेल भारतबाट आइतबार बेलुकी ८:३० बजे स्वदेश फर्किने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । राष्ट्रपति पौडेल नेपाल एयरलाइन्सको नियमित उडानबाट आज स्वदेश फर्कने राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

राष्ट्रपति पौडेललाई त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर थप उपचारका लागि गत वैशाख ६ गते भारत लगिएको थियो । श्री एयरलाइन्सको जहाजमार्फत राष्ट्रपति पौडेललाई भारत लगिएको थियो । राष्ट्रपति पौडेललाई आजै अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ । राष्ट्रपति पौडेलको उपचार भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा भएको हो । राष्ट्रपति पौडेललाई पेट दुख्ने, छातिमा पानी जम्नेजस्ता समस्या देखिएको थियो । राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आएको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्