निराको हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष, लुटिएको सिक्री भेटियो



हाम्रो इकोनोमि

 

 

काठमाडौंको सरस्वतीनगरमा १० दिनअघि भएको हत्या लुटपाटको उद्देश्यले ‘दुर्घटनावश’ भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । भाँडा पसल गर्दै आएकी निरा आचार्य सख्त घाइते अवस्थामा भेटिएकी थिइन्। उनको उपचारका क्रममा त्यही दिन मृत्यु भएको थियो । आचार्यको हत्या आरोपमा प्रहरीले झापाबाट विनोद विश्वकर्माले पक्राउ गरेको छ । उनलाई काठमाडौं ल्याइँदै छ । प्रहरीका अनुसार निराको हत्यापछि लुटिएको सुनको सिक्री पनि भेटिएको छ । बानेश्वरको एक पसलबाट प्रहरीले उक्त सिक्री भेटेको छ ।

अहिलेसम्म लुटपाट गर्ने उद्देश्यले दुर्घटनावश हत्या भएको देखिन्छ । लुटिएको सुनपनि भेटिएकाले लुटपाट नै हो की भन्ने छ। अब विस्तृत अनुसन्धान हुन्छ’, घटनाको अनुसन्धानमा खटिएका एक अधिकारीले भने । प्रहरीका अनुसार सोधपुछमा विनोदले हत्या स्वीकार गरेका छन् । आफू डिप्रेसनको बिरामी भएको र बाटामा हिँड्दै गर्दा पसलमा एक्लै देखेकाले लुट्न खोज्दा घटना भएको उनले बताएका छन् ।

‘त्यहाँ झगडा पनि भएको थियो । त्यसपछि म चक्कु प्रहार गरेर निस्किएको हुँ’, विनोदको भनाई उद्धृत गर्दै अनुसन्धान अधिकृत भन्छन् । प्रहरीले घटनामा प्रयोग भएको चक्कु भने बरामद गर्न सकेको छैन । प्रहरीका अनुसार विनोदले उक्त चक्कु टीकाथलीस्थित खोलामा फ्याँकेको बयान दिएका छन् । विनोद टीकाथलीस्थित साथीहरूको कोठामा दुई सातादेखि बस्दै आएका थिए ।

 

१२ मिनेटभित्र भएको घटना

नजिकै टाँसिएको पसलकाले समेत थाहा नपाएको यस घटनाबाट प्रहरी चकित थियो । निरा माता तीर्थ औँसीको दिन अपराह्न साढे ३ बजे आफ्नै पसलभित्र सख्त घाइते अवस्थामा भेटिएकी थिइन् । उनको शरीरका विभिन्न भागमा अन्धाधुन्ध छुरा प्रहार भएको थियो । प्रहरीको प्राविधिक अनुसन्धानमा दिउँसो २ बजेर ४४ मिनेटमा मास्क लगाएका र पछाडि झोला भिरेका एक व्यक्ती उनको पसलमा छिरेको देखिएको थियो ।

ती व्यक्ती २ बजेर ५६ मिनेटमा त्यहाँबाट निस्किएका थिए । ‘पसलभित्र सीसी क्यामरा नभएपनि बाटो भने कभर गर्ने अवस्था थियो’, अनुसन्धानमा खटिएका अधिकारी भन्छन् । त्यही सीसीटीभीका आधारमा संलग्न व्यक्तिको तस्बिर पाएपनि उनको पहिचान खुल्न सकेको थिएन । प्रहरीका अनुसार ती व्यक्ती त्यहाँबाट पैदलै गोपीकृष्ण हलनजिकै पुगेका थिए। त्यहाँबाट टेम्पो चढेर चाबहिलसम्म पुगेका थिए ।

चाबहिलबाट इनड्राइभबाट अफलाइन जडिबुटीसम्म मोटरसाइकलबाट गएका थिए । प्रहरीलाई ती इनड्राइभ चलाउने व्यक्तिलाई पक्राउ गरेपनि उनले कसलाई लिएर गएका थिए भन्ने पहिचान खुल्न सकेको थिएन । यही कारण प्रहरीलाई लामो समय लागेको थियो ।

प्रतिक्रिया दिनुहोस
६३ उद्योगमा बिजुली र पानीको लाइन काटियो

    औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकैदिन ६३ उद्योगको पानी र बिजुलीको लाइन...

८० औँ जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह

    पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सव आउँदो असार २३ गते...

युद्धपछि इरान झन् शक्तिशाली

    अमेरिका-इरान सम्झौताको चर्चा चलिरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन्...

खुकुरी देखाई युवतीलाई कुटपिट गर्ने रमेश ठाडा पक्राउ

    सामाजिक सञ्जालमा खुकुरी देखाई धम्काएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति...