डाक्टरको घरमा मृत फेला परिन् वीर अस्पतालकी स्टाफ नर्स



हाम्रो इकोनोमि

 

 

 

काठमाडौंको बोहराटारमा एक जना स्टाफ नर्स मृत फेला परेकी छन् ।  काठमाडौं महानगरपालिका-१६ बोहराटारस्थित सुजन ढकालको घरमा अन्दाजी २९ वर्षीया अनुमा श्रेष्ठ मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए ।

उनी मृत फेला परेको खबर पाएपछि प्रहरी वृत्त बालाजुबाट टोली खटिएको थियो । मृतक अनुमा घरमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् । एसपी रिजालका अनुसार उनी वीर अस्पतालमा स्टाफ नर्स पढाउँथिन् । सुजन ढकाल भने विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत डाक्टर हुन् । ‘हिजो शव फेला परेको थियो । शव उठिसकेको छैन,’ एसपी रिजालले भने ।

मृतक ढकालको घरमा अनुमा किन र कसरी पुगेकी थिइन् भन्ने खुलिसकेको छैन । उनीहरूबीचको सम्बन्ध पनि नखुलेको प्रहरीले जनाएको छ ।  उनीहरू दुबै जना अविवाहित हुन् । पीडितका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलका अनुसार उनीहरूबीच प्रेम सम्बन्ध थियो । सम्बन्ध बिग्रिएपछि पासो लगाएको उनले बताए ।  अहिले आफूहरू प्रहरी वृत्त बालाजुमा जम्मा भएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...