स्थानीय निकाय र प्रदेशमा दिने अनुदानमा ५० प्रतिशत कटौती



हाम्रो इकोनोमि

 

 

सरकारले बजेट अभाव देखाउँदै स्थानीय निकाय र प्रदेशमा दिने अनुदानमा ५० प्रतिशत कटौती गरेको छ । अर्थ मन्त्रालयको वित्तीय संघीयता समन्वय महाशाखाले बुधबार महालेखा नियन्त्रक कार्यालयको कार्यालयलाई पत्र लेख्दै स्थानीय निकाय र प्रदेशमा दिने अनुदानमा ५० प्रतिशत कटौती गर्न भनेको छ ।

आर्थिक वर्ष २०७९ /०८० मा हस्तान्तरण हुन बाँकी अन्तिम किस्ताको वित्तीय समानीकरण अनुदान रकम हाललाई पचास प्रतिशत कटाैती गरी प्रदेश तर्फ ९ अर्ब ९३ करोड ६८ लाख र स्थानीय तहलाई १३ अर्व २० करोड १५ लाख मात्र हस्तान्तण गर्ने मन्त्रिपरिषद्को निर्णय अनुसार कार्यान्वयन गर्न महालेखा नियन्त्रक कार्यालयको बजेट शाखालाई परिपत्र गरेकाे छ । १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले अनुदान कटौती गर्ने निर्णय गरेको थियो । सोही अनुसार प्रदेश र स्थानीय तहमा अनुदान कटौती गरेको हो ।

पत्रमा भनेको छ,‘आर्थिक वर्ष २०७९/०८० मा हस्तान्तरण हुन बाँकी अन्तिम किस्ताको वित्तीय समानीकरण अनुदान रकम विनियोजन ऐन, २०७९ को दफा ४ को उपदफा ९३० बमोजिम हाललाई पचास प्रतिशतले हुन आउने रकम प्रदेश तर्फ रु ९ अर्ब ९३ करोड ६८ लाख र स्थानीय तहलाई रु१३ अर्व २० करोड १५ लाख मात्र हस्तान्तण गर्ने नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०८० र ०१ र १२ को निर्णयानुसार कार्यान्वयन गर्ने व्यवस्था हुन अनुरोध गर्दछु ।’

 

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...