प्रदेशसभाको समानुपातिक सिट बाँडफाँट आज
निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिकतर्फको सिट बाँडफाँट गर्ने तयारी गरेको छ । प्रतिनिधिसभातर्फको सिट टुंगो लगाउन भने अझै केही समय लाग्ने निर्वाचन आयोगले जनाएको छ । प्रदेशसभाको समानुपातिकतर्फको गणना पुस २ गते सकाएको आयोग सिट बाँडफाँटको अन्तिम तयारीमा जुटेको हो ।