प्रदेशसभाको समानुपातिक सिट बाँडफाँट आज



हाम्रो इकोनोमि

निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिकतर्फको सिट बाँडफाँट गर्ने तयारी गरेको छ । प्रतिनिधिसभातर्फको सिट टुंगो लगाउन भने अझै केही समय लाग्ने निर्वाचन आयोगले जनाएको छ ।

प्रदेशसभाको समानुपातिकतर्फको गणना पुस २ गते सकाएको आयोग सिट बाँडफाँटको अन्तिम तयारीमा जुटेको हो ।

प्रदेशसभाको कूल ५५० सिटमध्ये २२० समानुपातिक प्रणालीमार्फत छनोट गर्ने व्यवस्थाअनुसार मतदान भएको थियो । प्रत्यक्षतर्फको ३३० स्थानको परिणाम भने आयोगले यसअघि नै सार्वजनिक गरिसकेको छ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले आयोगमा रहेको समानुपातिक निर्वाचन एकाइको कार्यालयले मत परिणामको पुनः परीक्षण गरिरहेको र त्यसले प्रतिवेदन बुझाएलगत्तै घोषणा हुने जानकारी दिए ।

‘आयोगको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयले मत परिणामको पुनः परीक्षण गर्ने काम गरिरहेको छ’, ढकालले  भने, ‘उसले प्रतिवेदन बुझाएलगत्तै हामी परिणाम घोषणा गर्छौं ।’

समानुपातिक निर्वाचन प्रणालीको कूल सदरमतको १.५ प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था निर्वाचन आयोगले गरेको छ । कुल सदर मतको एक दशमलव पाँच प्रतिशतभन्दा कम मत ल्याएकाको गणना हुनेछैन ।

प्रदेशसभाको समानुपातिकतर्फको अन्तिम परिणाम घोषणाको तयारी गरिए पनि प्रतिनिधिसभाको सिट बाँडफाँट टुंगो लगाउन भने अझै केही दिन लाग्ने भएको छ । प्रवक्ता ढकालका अनुसार, प्रतिनिधिसभाको समानुपातिकतर्फको मत परिणाम क्याल्कुलेट गर्ने काम अहिले भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...