प्रदेशसभाको समानुपातिक सिट बाँडफाँट आज



हाम्रो इकोनोमि

निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिकतर्फको सिट बाँडफाँट गर्ने तयारी गरेको छ । प्रतिनिधिसभातर्फको सिट टुंगो लगाउन भने अझै केही समय लाग्ने निर्वाचन आयोगले जनाएको छ ।

प्रदेशसभाको समानुपातिकतर्फको गणना पुस २ गते सकाएको आयोग सिट बाँडफाँटको अन्तिम तयारीमा जुटेको हो ।

प्रदेशसभाको कूल ५५० सिटमध्ये २२० समानुपातिक प्रणालीमार्फत छनोट गर्ने व्यवस्थाअनुसार मतदान भएको थियो । प्रत्यक्षतर्फको ३३० स्थानको परिणाम भने आयोगले यसअघि नै सार्वजनिक गरिसकेको छ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले आयोगमा रहेको समानुपातिक निर्वाचन एकाइको कार्यालयले मत परिणामको पुनः परीक्षण गरिरहेको र त्यसले प्रतिवेदन बुझाएलगत्तै घोषणा हुने जानकारी दिए ।

‘आयोगको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयले मत परिणामको पुनः परीक्षण गर्ने काम गरिरहेको छ’, ढकालले  भने, ‘उसले प्रतिवेदन बुझाएलगत्तै हामी परिणाम घोषणा गर्छौं ।’

समानुपातिक निर्वाचन प्रणालीको कूल सदरमतको १.५ प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था निर्वाचन आयोगले गरेको छ । कुल सदर मतको एक दशमलव पाँच प्रतिशतभन्दा कम मत ल्याएकाको गणना हुनेछैन ।

प्रदेशसभाको समानुपातिकतर्फको अन्तिम परिणाम घोषणाको तयारी गरिए पनि प्रतिनिधिसभाको सिट बाँडफाँट टुंगो लगाउन भने अझै केही दिन लाग्ने भएको छ । प्रवक्ता ढकालका अनुसार, प्रतिनिधिसभाको समानुपातिकतर्फको मत परिणाम क्याल्कुलेट गर्ने काम अहिले भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...