देउवाले प्रचण्डलाई प्रधानमंत्रीको जाल फ्याके पछी ओलीले उपेन्द्र यादवलाई आत्तिदै किन बोलाए काठमाडौँ?



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादववीच आज फोनवार्ता भएको छ ।
बुधबार दुई नेताहरुवीच टेलिफोनमा वार्ता भएको स्रोतको दाबी छ। एमाले अध्यक्ष ओलीले यादवलाई फोन गरेर तुरुन्त काठमाडौं बोलाएका हुन् । यी दुई नेताहरुवीचको वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सरकार निर्माण गर्ने तयारीमा जुटेका अध्यक्ष ओलीले यादवलाई काठमाडौं बोलाएर नयाँ सरकारको स्टेकहोल्डर बनाउने तयारी गर्ने स्रोतको दाबी छ । वाम गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रका नेताहरुसँग पार्टी एकता र सरकार गठनबारे छलफल चलिरहेको बेला अहिले प्रधानमन्त्री र पार्टी अध्यक्ष को बन्ने भन्नेमा पनि विवाद रहेको बुझिएको छ । प्रचण्डलाई देउवाले प्रधानमन्त्री बन्न प्रस्ताब गरिसकेका छन्।

यसै सन्दर्भमा ओलीले माओवादीलाई बाहिर राखेर फोरम नेपालसँग सरकारमा सहकार्य गर्ने तयारी गरेको त होईन भन्ने अहिले प्रश्न उब्जिएको छ ।
फोन वार्ताको क्रममा अध्यक्ष यादवले आफू काठमाडौं छिट्टै आउने र भेट्ने वचन अध्यक्ष ओलीलाई दिएको स्रोतको दाबी छ ।

प्रदेश २ मा वाम गठबन्धन भन्दा राजपा र संघीय समाजवादी फोरमले सरकार बनाउने सम्भावना बढी छ । प्रदेश नम्बर २ का ६४ सिटमा फोरम र राजपाले २० र १५ सिट जितेका छन्। समानुपातिकमा राजपा दोस्रो भएको छ भने फोरम तेस्रो स्थानमा छ। प्रतिनिधि सभामा राजपा ११ सिट जितेको छ भने फोरम १० सिटमा विजयी भएको छ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

    सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । असार

रवीन्द्र र धवललाई पुन: पक्राउ गर्ने तयारी

          हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का

अखिलमा डाक्टर-इन्जिनियरदेखि वकिलसम्म

    राजनीतिमा युवा पुस्ता त्यसमा पनि राम्रो विधामा पढेकाहरुको आकर्षण घटिरहेका बेला

रातदिन नभनी नि:स्वार्थ रुपमा जनताको काम गर्दै आएको छु : केशव महर्जन, अध्यक्ष, वडा नम्बर एक, भरतपुर

    चितवन भरतपुर महानगरपालिका वडा नम्बर १ का अध्यक्ष केशव मर्हजनसँग हाम्रो