अध्यादेश विवादमा ओली र प्रचण्डलाई राष्ट्रपतिले कांग्रेस संग कुरा गरेर आउन र समझदारी गर्न भन्दै फर्काईदिइन



हाम्रो इकोनोमि

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा निर्वाचन सम्बन्धी अध्यादेशमा राजनीतिक सहमती खोज्न नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षलाई आग्रह गरेकी छिन्।

अध्यादेश पारित नभएसम्म नेपाली कांग्रेसले सरकारबाट राजीनामा नदिने बताएपछि एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बुधबार बिहानै राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका थिए।

नयाँ सरकार गठनका लागि वर्तमान सरकारले राष्ट्रियसभा निर्वाचन सम्बन्धी अध्यादेश पारित गर्नुपर्ने बताउँदै आएको छ। निर्वाचनपछिको ठूलो दल बनेको एमालेले राष्ट्रियसभा गठनको विषयलाई लिएर नयाँ सरकार गठनमा सरकारले बखेडा झिक्न खोजेको आरोप लगाउँदै आएको छ।

एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालसँगको भेटमा राष्ट्रपति भण्डारीले आपसी समझदारीबाट अघि बढ्न आग्रह गरेकी हुन्। विभिन्न राजनीतिक विवादलाई सहमतीबाट हल गरेका प्रमुख दलले अहिलेको विवाद पनि सहमतीका साथ टुंग्याउन सुझाव दिएको राष्ट्रपतिका मुख्य सचिव भेषराज अधिकारीले बताए।
सबै संवैधानिक अंगले तोकेको दायित्व पूरा गर्न सक्षम हुने बताउँदै राष्ट्रपतिले आफूलाई विवादमा पार्ने काम नगर्न सुझाव दिएको अधिकारीले बताए। अब बाम गठबन्धनले कांग्रेस संग छलफल गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस
सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...

आगजनी भएको बसका चालकको मृत्यु

    त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालकको निधन भएको छ...

आफ्नो प्रतिवेदन पेश गर्न पाउनुपर्ने कर्ण थापाले माग

    एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ । आज पनि अध्यक्ष...