मुख्य खबर

प्रदेश ५ मा मात्रै सात दिनमा ६ बलात्कारका घटना : अधिकांश बलात्कार आफन्तबाटै

गत मंगलबार बाँकेको कोहलपुरमा पाँच वर्षीया बालिकामाथि काकाले बलात्कार गरेको मुद्दा प्रहरीकहाँ पुगेको खबर नसेलाउँदै शुक्रबार १३ वर्षीया बालिका आफ्नै हजुरबुवाबाट बलात्कृत भइन । कोहलपुर नगरपालिका–३ निवासी ७० बर्से वृद्धले नातिनीलाई तीन वर्षदेखि यौन शोषण गर्दै आइरहेको रहस्य खुल्यो ।