यस्तो अवस्थामा भेटियो दुर्घटनाग्रस्त हेलिकोप्टर, जिवितै उद्दार गरिएकी डोल्मालाई काठमाडौं ल्याइयो



 

गोरखाबाट काठमाडौंका लागि उडेको अल्टिच्युड एयरको हेलिकोप्टर ९ एन-एएलएस सम्पर्कविहीन भयो । पाइलटसहित सात जना सवार हेलिकोप्टर सामागाउँ क्रस गरेपछि सम्पर्क विहीन भएको थियो ।

हेलिकोप्टर दुर्घटना परेको तर, आफू सुकुशल रहेको भन्दै एक यात्रुले फोन पनि गरे । तर, दुर्घटनास्थल पत्ता लगाउन मुस्किल पर्‍यो ।

उनको फोनका आधारमा दुर्घटनास्थल धादिङ लोकेट गरिएको थियो । तर, सीमा जोडिएको मेघाङ गाउँपालिका १ बर्सङचेत मैलुङपाखाको घनाजंगलमा हेलिकोप्टर भेटिएको छ ।

दुघर्टनास्थलमा पुगेका सुकराम तामाङले दुर्घटनाग्रस्त हेलिकोप्टरको तस्वीर खिचेका छन् ।

नुवाकोटका मैलुङपाखामा हेलिकोप्टर दुर्घटना हुादा पाइलटसहित ६ जनाको मृत्यु भएको छ । एक यात्रु भने जिवितै उद्दार गरिएको छ ।

गोरखाबाट काठमाडौंका लागि उडेको अल्टिच्युड एयरको हेलिकोप्टर ९ एन-एएलएस नुवाकोटको मेघाङ गाउँपालिका १ बर्सङचेत मैलुङपाखामा दुर्घटना भएको हो ।

सम्पर्कविहीन हेलिकोप्टर खोजीका क्रममा मैलुङपाखाको घनाजंगलमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।

दुर्घटनामा पाइलट निश्चल केसीका साथै यात्रीहरु डिल्लीबहादुर गुरुङ, छिरी शेर्पा, सुनिल लामा, छेवाङ नोर्वु लामा र जापानी नागरिक हिरोमी कोमात्सुको मृत्यु भएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

हेलिकोप्टरमा सवार आनी डोल्माको जीवितै उद्दार गरिएको छ । उनलाई हेलिकोप्टरबाट मेडीसिटी अस्पताल ल्याइएको छ र त्यहाा उपचार भइरहेको छ ।

मौसमका कारण मृतकका शव ल्याउन कठिनाई भइरहेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्