पोखराको बेगनास तालमा डुंगा पल्टिँदा एक जनाकाे मृत्यु, ५ जना बेपत्ता



हाम्रो इकोनोमि

 

बेगनासतालमा ९ जना सवार डुंगा पल्टिएको छ । डुंगामा सवार ९ जनामध्ये ४ जनाको उद्दार गरिएको छ भने ५ जना बेपत्ता भएका छन् ।

उद्दारका लागि प्रहरी टोली घटनास्थल जाँदै गरेको कास्की प्रहरी प्रमुख तथा प्रवक्ता रवीन्द्र गुरुङले जानकारी दिए ।

बेगनासका स्थानीय गणेश कंडेलको घरमा दर आएका आफन्तहरु डुंगामा ताल घुम्न गएको एक स्थानीयले जानकारी दिए । डुंगामा ताल घुम्ने क्रममा एक जना बच्चा तालमा खसेको र उनलाई बचाउन खोज्दा डुंगा नै पल्टिएको प्रत्यक्षदर्शीको भनाइ छ ।

ढुंगा पल्टिएको देखेपछि एक जलारी किशोरीले आफन्तसहित पुगेर ४ जनाको उद्दार गरेकी थिइन् । उनीहरुको लेखनाथ सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...