अब चिकित्सकले आन्दोलन गर्नु पर्दैन : उपप्रधानमन्त्री यादव
उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले चिकित्सकले आन्दोलन गर्नु नपर्ने बताउनु भएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको नवनिर्मित अन्तरङ्ग भवनको आज समुद्घाटन गर्दै मन्त्री यादवले चिकित्सकले अघि सारेको माग सरकारले पूरा गर्ने बताउनुभयो