ढुङ्गा बोकर श्रम दिन मनाए मुख्यमन्त्री र मन्त्रीले



हाम्रो इकोनोमि

कर्णााली प्रदेश सरकारले हरेक महिनाको १ र १५ गतेलाई श्रम दिनका रूपमा मनाउने घोषणा गरेअनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ५ मा वाल विकास केन्द्रको निर्माण कार्य शुरू गरिएको छ ।
श्रमदिनका अवसरमा मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले सरस्वती वालविकास केन्द्रको १ कोठे भवनको  शिल्यान्यास गरेका छन् ।

सो क्रममा मुख्यमन्त्री शाहीको नेतृत्वमा कर्णाली प्रदेश सरकारका विषयगत मन्त्रालयका मन्त्री, सचिव, सुरक्षा निकाय तथा कर्मचारीहरूले श्रमदान गरेका छन् ।

मुख्यमन्त्री शाहीले वाढी पीडीत समुदायको पीडालाइ प्रदेश सरकारले राम्रोसँग महशुस गरेकाले स्थायी समाधानका लागि आवश्यक पहल अगाडि वढाइसकेको पनि स्थानीयलाई जानकारी  दिए ।

२०७० सालको वाढीले वाल विकास केन्द्रको भवन सहित टोलका सवै घर पुर्णारूपमा बगाएको थियो ।

वालविकास केन्द्रको भवन निर्माणसँगै तटवन्ध निर्माण कार्यको पनि शुरूवात गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...