अब चिकित्सकले आन्दोलन गर्नु पर्दैन : उपप्रधानमन्त्री यादव



 

 

 

उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले चिकित्सकले आन्दोलन गर्नु नपर्ने बताउनु भएको छ ।

 

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको नवनिर्मित अन्तरङ्ग भवनको आज समुद्घाटन गर्दै मन्त्री यादवले चिकित्सकले अघि सारेको माग सरकारले पूरा गर्ने बताउनुभयो ।

 

उहाँले भन्नुभयो, “उहाँहरुले जे कुराका लागि आन्दोलन गर्दै हुनुहुन्छ त्यो मुलुकी ९संहिता० ऐनलाई सरकारले संशोधन गर्दैछ । आन्दोलनको के अर्थ हुन्छ र रु” मानवीय कमी कमजोरीलाई हटाउँदै यसलाई अझै विज्ञ सेवा दिने गरी स्वास्थ्य संस्थाहरुलाई अघि बढाउनुपर्ने उहाँको भनाइ थियो ।

 

चितवनस्थित क्यान्सर अस्पतालले दिँदै आएका सेवालाई अझै प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय मापदण्डको उपकरण अवश्यक भएको भन्दै उहाँले यस अस्पताललाई मुलुककै सबैभन्दा ठूलो, व्यवस्थित र राम्रो उपचार हुने अस्पतालका रुपमा विकास गर्न सरकार लागेको बताउनुभयो ।

 

मन्त्री यादवले चितवनलाई मेडिकल सेन्टरका रुपमा विकास गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “चितवनको भौगोलिक वातावरण र राजधानीसँगको निकटताका कारण मेडिकल सेन्टर बनाउन सकिन्छ ।”

 

क्यान्सर अस्पताल दक्ष र विज्ञ जनशक्ति उत्पादन गर्ने केन्द्रका रुपमा अघि बढाउने भन्दै उहाँले यसका लागि अस्पतालले आवश्यक प्रक्रिया शुरु गर्न व्यवस्थापनलाई निर्देशन दिनुभयो । सरकारले अहिले कम लागतमा चिकित्सक उत्पादन गर्ने बाटो खोजी रहेको भन्दै उहाँले यो भएमा आधारभूत स्वास्थ्य निःशुल्क गर्न सकिने बताउनुभयो ।

 

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रभावकारीरुपमा सञ्चालन गर्न खोजेको उहाँको जिकिर थियो । उहाँले भन्नुभयो, “शिक्षा र स्वास्थ्य क्षेत्रमा राजनीति र भ्रष्टाचारको अन्त्य गरेर मुलुक बनाउनुपर्छ ।” अहिले शिक्षा र स्वास्थ्य क्षेत्रलाई दलहरुले भर्ती केन्द्रका रुपमा लिएकाले यस क्षेत्रले विकास गर्न नसकेको मन्त्री यादवको भनाइ छ ।

 

अस्पतालमा हाल भएका सेवाबारेमा अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले जानकारी गराउनु भएको थियो । २०० श्ययाको सो नयाँ भवनमा जडित उपकरणले क्यान्सरका बिरामीलाई थप सेवा दिन मद्दत पुग्नेछ ।

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्