अब चिकित्सकले आन्दोलन गर्नु पर्दैन : उपप्रधानमन्त्री यादव



हाम्रो इकोनोमि

 

 

 

उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले चिकित्सकले आन्दोलन गर्नु नपर्ने बताउनु भएको छ ।

 

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको नवनिर्मित अन्तरङ्ग भवनको आज समुद्घाटन गर्दै मन्त्री यादवले चिकित्सकले अघि सारेको माग सरकारले पूरा गर्ने बताउनुभयो ।

 

उहाँले भन्नुभयो, “उहाँहरुले जे कुराका लागि आन्दोलन गर्दै हुनुहुन्छ त्यो मुलुकी ९संहिता० ऐनलाई सरकारले संशोधन गर्दैछ । आन्दोलनको के अर्थ हुन्छ र रु” मानवीय कमी कमजोरीलाई हटाउँदै यसलाई अझै विज्ञ सेवा दिने गरी स्वास्थ्य संस्थाहरुलाई अघि बढाउनुपर्ने उहाँको भनाइ थियो ।

 

चितवनस्थित क्यान्सर अस्पतालले दिँदै आएका सेवालाई अझै प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय मापदण्डको उपकरण अवश्यक भएको भन्दै उहाँले यस अस्पताललाई मुलुककै सबैभन्दा ठूलो, व्यवस्थित र राम्रो उपचार हुने अस्पतालका रुपमा विकास गर्न सरकार लागेको बताउनुभयो ।

 

मन्त्री यादवले चितवनलाई मेडिकल सेन्टरका रुपमा विकास गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “चितवनको भौगोलिक वातावरण र राजधानीसँगको निकटताका कारण मेडिकल सेन्टर बनाउन सकिन्छ ।”

 

क्यान्सर अस्पताल दक्ष र विज्ञ जनशक्ति उत्पादन गर्ने केन्द्रका रुपमा अघि बढाउने भन्दै उहाँले यसका लागि अस्पतालले आवश्यक प्रक्रिया शुरु गर्न व्यवस्थापनलाई निर्देशन दिनुभयो । सरकारले अहिले कम लागतमा चिकित्सक उत्पादन गर्ने बाटो खोजी रहेको भन्दै उहाँले यो भएमा आधारभूत स्वास्थ्य निःशुल्क गर्न सकिने बताउनुभयो ।

 

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रभावकारीरुपमा सञ्चालन गर्न खोजेको उहाँको जिकिर थियो । उहाँले भन्नुभयो, “शिक्षा र स्वास्थ्य क्षेत्रमा राजनीति र भ्रष्टाचारको अन्त्य गरेर मुलुक बनाउनुपर्छ ।” अहिले शिक्षा र स्वास्थ्य क्षेत्रलाई दलहरुले भर्ती केन्द्रका रुपमा लिएकाले यस क्षेत्रले विकास गर्न नसकेको मन्त्री यादवको भनाइ छ ।

 

अस्पतालमा हाल भएका सेवाबारेमा अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले जानकारी गराउनु भएको थियो । २०० श्ययाको सो नयाँ भवनमा जडित उपकरणले क्यान्सरका बिरामीलाई थप सेवा दिन मद्दत पुग्नेछ ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...