नयाँ शक्तिका नेता बुढ्थापा हत्या प्रकरण : प्रहरीमाथि अनुसन्धान गर्न माग



हाम्रो इकोनोमि

 

याँ शक्ति केन्द्रीय परिषद्का सदस्य राधाकृष्ण बुढ्थापाको हत्या प्रकरणका दोषीलाई कारबाही माग गर्दै शुक्रबार  विरोध जुलुस प्रर्दशन गरिएको छ । गत साउन २० गते ४३ वर्षीय बुढ्थापाको जुगाड खोलामा मृत भेटिएका थिए ।

चन्दननाथ नगरपालिका, २ का बुढ्थापा परिवारले हत्यामा प्रहरीको संलग्नता रहेको भन्दै शंकास्पद प्रहरीमाथि अनुसन्धान गर्न माग गरेका छन् ।

 घटना भएको लामो समयपछि दोषी पत्ता नलागेको भन्दै बुढ्थापाका बुवा रामकृष्णले अनुसन्धान नभएको बताए । प्रहरी भने घटनाको अनुसन्धान चलिरहेको बताउँदै आएको छ ।

साउन २० गते आइतबार राति १० बजेतिर मोबाइल गस्तीमा गएको प्रहरी टोलीले मोटरसाइकलको मधुरो प्रकाश जुगाडखोलाको किनारामा भेटेपछि खोजतलास क्रममा उक्त खोलामा बुढ्थापा मृत अवस्थामा फेलापारिएको जुम्ला जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरीक्षक प्रकाश केसीले बताए ।

“आइतबार बेलुकातिर जुम्लाको सनलाइट होटेलमा बुढ्थापा खाजा खान गएका बखतमा एङ्गल लामासँग खाजा खाएको, तस्वीर खिचेको र गीत गाएको भेटियो,” उनले भने । होटल साहु खड्गजीत रोकायाको भनाइ उद्धृत गर्दै उनले खाजा खानेक्रममा भएको विवादले दुवैबीच हानाहान भएको र दुवैलाई छुटाएर एङ्गल लामालाई उनको घरमा पुर्‍याएर फर्कंदा बुढ्थापा त्यहाँ नरहेको बताए ।

सो घटनाका सम्बन्धमा सोधपुछका लागि होटल साहु रोकाया र लामालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस
१४ खर्ब ५ अर्ब राजश्व उठने अनुमान, ६ खर्ब ५७ अर्ब बजेट घाटा

    सरकारले आगामी आर्थिक वर्षका लागि ठूलो आकारको बजेट ल्याउँदा स्रोत अभाव...

लोककल्याणकारी विज्ञापनका लागि ३३ करोड रकम विनियोजन

    सरकारले लोककल्याणकारी विज्ञापनका लागि ३३ करोड रकम विनियोजन गरेको छ ।...

कुल २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट सार्वजनिक

  सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४...

कर्मचारीको तलब २१ प्रतिशत वृद्धि

  सरकारले कर्मचारीको  तलब करिब २१ प्रतिशतले वृद्धि गरेको छ । अर्थमन्त्री डा....