नयाँ शक्तिका नेता बुढ्थापा हत्या प्रकरण : प्रहरीमाथि अनुसन्धान गर्न माग



हाम्रो इकोनोमि

 

याँ शक्ति केन्द्रीय परिषद्का सदस्य राधाकृष्ण बुढ्थापाको हत्या प्रकरणका दोषीलाई कारबाही माग गर्दै शुक्रबार  विरोध जुलुस प्रर्दशन गरिएको छ । गत साउन २० गते ४३ वर्षीय बुढ्थापाको जुगाड खोलामा मृत भेटिएका थिए ।

चन्दननाथ नगरपालिका, २ का बुढ्थापा परिवारले हत्यामा प्रहरीको संलग्नता रहेको भन्दै शंकास्पद प्रहरीमाथि अनुसन्धान गर्न माग गरेका छन् ।

 घटना भएको लामो समयपछि दोषी पत्ता नलागेको भन्दै बुढ्थापाका बुवा रामकृष्णले अनुसन्धान नभएको बताए । प्रहरी भने घटनाको अनुसन्धान चलिरहेको बताउँदै आएको छ ।

साउन २० गते आइतबार राति १० बजेतिर मोबाइल गस्तीमा गएको प्रहरी टोलीले मोटरसाइकलको मधुरो प्रकाश जुगाडखोलाको किनारामा भेटेपछि खोजतलास क्रममा उक्त खोलामा बुढ्थापा मृत अवस्थामा फेलापारिएको जुम्ला जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरीक्षक प्रकाश केसीले बताए ।

“आइतबार बेलुकातिर जुम्लाको सनलाइट होटेलमा बुढ्थापा खाजा खान गएका बखतमा एङ्गल लामासँग खाजा खाएको, तस्वीर खिचेको र गीत गाएको भेटियो,” उनले भने । होटल साहु खड्गजीत रोकायाको भनाइ उद्धृत गर्दै उनले खाजा खानेक्रममा भएको विवादले दुवैबीच हानाहान भएको र दुवैलाई छुटाएर एङ्गल लामालाई उनको घरमा पुर्‍याएर फर्कंदा बुढ्थापा त्यहाँ नरहेको बताए ।

सो घटनाका सम्बन्धमा सोधपुछका लागि होटल साहु रोकाया र लामालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...