उपयुक्त समय आए पछि संविधान संशोधन हुन्छ : अध्यक्ष ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त समय आए पछि संविधान संशोधन गरिने बताउनु भएको छ । आफ्‌नो गृह निर्वाचन क्षेत्र झापा क्षेत्र नं. ५ को दमकमा रहनु भएका ओलीले आईतबार दमकमा आयोजीत एक कार्यक्रममा अहिले संविधान संशोधनका कुरा निकालेर कोहि सुन्नेवाला पनि नरहेको उहाँले बताउनुभयो ।

नेपाली कांग्रेससँगको सहकार्यमा सरकार भएका बेलानै ७ बुँदै सहमतिमा यो विषय उल्लेख गरिएको ओलीले स्मरण गराउनु भयो । त्यस बेला परिस्थितिनै खराव ढंगबाट विकास गरिएका कारण यो विषय थाति रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले उपयुक्त संविधान आए पछि संशोधन गरिने बताउनु भएको हो । जनतालाई आवश्यक भएका, देशलाई अघि बढाउने विषय र जरुरी विषयहरुलाई समावेश गरि संविधान संशोधन गरिने उहाँको भनाई छ ।

रास्वपा समाज भाँड्न उद्यत एमाले अध्यक्ष ओलीले निर्वाचनमा पराजय भोग्ने देखे पछि केहि तत्व समाज भाँड्न लागि परेको टिप्पणी गर्नुभयो । रास्वपा तर्फ लक्षित गर्दै उहाँले रौतहटको पछिल्लो घट्ना पनि यसैको उपज रहेको बताउनुभयो । चुनाव भाँड्ने, समुदायमा विद्वेष फैल्याउने, अराजकता निम्त्याउनेहरु सक्रिय हुँदै गएको भन्दै उहाँले यस्ता कुराहरु नेपाली समाजका लागि पाच्य नहुने बताउनुभयो ।

एमाले सधै जनताको विचमा रहेको, जनताकै विचमा हुर्किएको पार्टी भएकाले जनताका विचमा जान कुनै समस्या नरहेको अध्यक्ष ओलीले बताउनु भयो । तर जनताबाट अस्विकृत हुने देखिए पछि त्यस्ता तत्व समाजमा साम्प्रदायीकता फैल्याउने, अराजकता निम्त्याउने, चुनावको वातावरण धमिल्याउने जस्ता विषय तर्फ लागेको उहाँको भनाई छ । आसन्न प्रतिनिधी सभाको निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेद्वार रहनु भएका ओली हाल आफ्‌नै निर्वाचन क्षेत्रमा व्यस्त रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
चमत्कार नभए पार्टी फुट्छ : पूर्णबहादुर

  कांग्रेसको देउवा समूहबाट टाढिँदै र संस्थापनसँग नजिकिँदै गएका नेता पूर्णबहादुर खड्का अहिले...

असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको चेतावनी

   बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको...

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...