मुख्य खबर

उपेन्द्र यादवले भने हाम्रो समर्थन फिर्ता, ओलीको दुईतिहाइको दम्भ समाप्त भयो

  समाजवादीका अध्यक्ष उपेन्द्र यादवले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको दुईतिहाइको दम्भ समाप्त भएको बताएका छन् । मंगलबार उपप्रधान एवं कानुन, न्याय तथा संसदीय मामिला पदबाट राजीनामा दिएका यादवले बुधबार पत्रकार सम्मेलनमा सरकार छाड्नुको कारणबारे बोलेका हुन् ।