उपेन्द्र यादवले भने हाम्रो समर्थन फिर्ता, ओलीको दुईतिहाइको दम्भ समाप्त भयो



 

समाजवादीका अध्यक्ष उपेन्द्र यादवले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको दुईतिहाइको दम्भ समाप्त भएको बताएका छन् । मंगलबार उपप्रधान एवं कानुन, न्याय तथा संसदीय मामिला पदबाट राजीनामा दिएका यादवले बुधबार पत्रकार सम्मेलनमा सरकार छाड्नुको कारणबारे बोलेका हुन् । सरकारमा कम्युनिस्ट मात्र होइन, अरु पनि छन् भन्ने अब नरहेको उनले बताए । समाजवादी बाहिरिनु पनि सरकारको अर्को असफलता भएको उनले उल्लेख गरे ।

समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार बसेको कार्यकारिणी समिति बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको अध्यक्ष यादवले बताए । अब प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनले बताए ।

प्रदेश २ मा नेकपाले सरकार बनाउने, मुख्यमन्त्री राउतको पद

धरापमा

सत्तारुढ दल नेपाल कमयुनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिजो (मंगलबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार भेटेर फर्किएपछि उत्साहित बनेका नेकपा नेता सत्यनारायण मण्डलले प्रदेश २ को सरकार परिवर्तन हुने बताएका छन् ।

 

नेकपाका स्थायी समिति सदस्य तथा प्रदेश नं २ का इञ्चार्ज समेत रहेका मण्डल प्रदेश नम्बर २ प्रमुख प्रतिपक्षी संसदीय दलका नेता समेत हुन् ।

 

राजपासँग सभामुख भएकोले अब नेकपाले मुख्यमन्त्री पाउने दाबी गर्दै मण्डलले आफू नेकपा संसदीय दलको नेताको हैसियतले वेटिङ मुख्यमन्त्री भएको पनि बताए । उनले संघीय सरकारमा राजपा सहभागी हुने परिस्थिति बन्दै गएको भन्दै यस्तो परिदृश्यमा प्रदेश नं २ मा पनि नेकपा र राजपाको संयुक्त सरकार गठन हुने संकेत गरेका हुन् ।

 

सरकारबाट संघीय समाजवादी पार्टीले राजीनामा दिइसकेपछि प्रदेश नं २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने मण्डलको जिकिर छ । मण्डलले थपे– ‘फागनु ३ गतेसम्म नैतिकताका आधारमा मुख्यमन्त्रीको राजीनामा आएन भने अविश्वासको प्रस्ताव राखेर हटाउँछौं ।’

 

संविधानको धारा १८८ (४) अनुसार प्रदेश सरकार गठन भएको दुईवर्ष नपुगेसम्म मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न पाइँदैन । आगामी फागुन ३ गते प्रदेश २ को सरकार गठन भएको दुई वर्ष पुग्दैछ । प्रदेश नं. २ मा ३२ सिट सहित नेकपा ठूलो दल भएपनि अहिले राजपा र समाजवादी पार्टी मिलेर सरकार बनाएका छन् । सरकारलाई नेकपाले पनि समर्थन गरेपनि सरकारमा सहभागी छैन ।

प्रतिक्रिया दिनुहोस
ग्वार्कोको ओभरपास भोलिदेखि संचालनमा आउने

    ललितपुरको ग्वार्को स्थित ओभरपासमा भोलिदेखि सवारी गुड्न पाउने भएका छन् ।

स्वतन्त्र समूहलाई एकैठाउँमा ल्याउने रास्वपाको पहल

    राष्ट्रिय स्वतन्त्र पार्टीले वैकल्पिक राजनीति पक्षधर तथा स्वतन्त्र समूहहरूसँग सहकार्यको प्रयास

दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रिपोर्ट

    दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रुपमा पत्ता

बाढी, पहिरोले बुटवल-नारायणगढ सडक अवरुद्ध

    बाढी र पहिरोले पूर्व-पश्चिम राजमार्गको बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध भएपछि वैकल्पिक