अग्नि र शिवमायालाई मन्त्री, नेम्वाङ सभामुख, यस्तो भयो सहमति



हाम्रो इकोनोमि

 

 

प्रतिनिधि सभाको रिक्त सभामुख पदको निर्वाचन नजिकिदै गर्दा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आन्तरिक छलफललाई तीव्रता दिएको छ ।

यस लगायत पछिल्लो परिस्थितिका विषयमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ । छलफलमा सभामुख कसलाई बनाउने भन्नेदेखि सभामुखका आकांक्षी रहेकाहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा दुई अध्यक्षबीच छलफल भएको बताइएको छ । दुई अध्यक्षबीच संसदीय दलको उपनेता रहेका सुवाषचन्द नेम्वाङलाई सभामुख बनाउने सहमती भएको स्रोतले बताएको छ ।

त्यसैगरी सभामुखका आकांक्षीका रुपमा रहेका अग्नि सापकोटा र उपसाभामुख शिवमाया तुम्बाहाम्फेलाई मन्त्री बनाउने तयारी अध्यक्षद्वयले गरेका छन् । हिजो (मंगलबार) सरकारबाट समाजवादी बाहिरिएपछि रिक्त सहरी विकास मन्त्रालयको जिम्मेवारी सपकोटालाई र कानुन मन्त्रालयको जिम्मेवारी तुम्बाहाम्फेलाई दिने गरी छलफल अघि बढेको बताइन्छ ।

समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि राजपा नेपाललाई सरकारमा भित्र्याउने तयारी गरिरहेको नेकपाले तत्कालै राजपा सरकारमा आइहाल्ने स्थिति नभएको हुँदा दुई नेतालाई मन्त्री बनाएर नेम्वाङलाई सभामुख बनाउने गरी छलफल अघि बढेको बताइन्छ ।

सभामुख पूर्वएमालेबाट की पूर्वमाओवादीबाट भन्ने छलफल चलिरहेका बेला प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच सहमति भएसँगै नेम्वाङले पाँचौ पटक देशको पाँचौ ठूलो पदको जिम्मेवारी पाउने निश्चिय हुन पुगेको छ ।

नेम्वाङले यसअघि २०६३ सालमा पुनस्थापित संसद, रुपान्तरिक संसद, २०६४ सालमा भएको पहिलो संविधानसभा र २०७० मा भएको दोस्रो संविधान सभामा सभामुखको जिम्मेवारी सम्हालि सकेका छन् ।

त्यस्तै अनुभवी र पार्टीभित्र एकताको सन्देश दिन पनि नेम्वाङ उपयुक्त पात्र भएको दुई अध्यक्षबीचको छलफलमा उठेको थियो । अध्यक्षद्वय ओली र प्रचण्डले यस सम्बन्धी अन्तिम निर्णय गर्ने भए पनि पार्टीभित्र नेम्वाङलाई नै सभामुख बनाउन लगभग सहमित जुटेको नेकपाका एक नेताले बताए ।

ओली पद रिक्त भएदेखि नै नेम्वाङको पक्षमा रहेपनि अर्का अध्यक्ष दाहाललाई पूर्वमाओवादी खेमाले सभामुख एकतापूर्वको शक्ति सन्तुलन कायम हुनुपर्ने दबाब दिँदै आएका थिए ।

यसअघि पूर्वमाओवादी पक्षले अग्नि सापकोटालाई सभामुख बनाउनु पर्ने प्रस्ताव गरेको थियो भने उपसभामुख शिवमाया तुम्बाहाम्फेले पनि आफूले सभामुखको जिम्मेवारी पाउनु पर्ने माग राख्दै आएकी छन् ।

अध्यक्षद्वयबीच सहमति भएपछि सभामुख र उपसभामुख दुवै एउटै पार्टीबाट हुन नहुने संवैधानिक व्यवस्थाका कारण उपसभामुख तुम्बाहाम्फेले आगामी मंगलबारसम्म उपसभामुख पदबाट राजीनामा दिने तयारी गरेकी छन् ।

गएको असोजमा तत्कालीन सभामुख महरामाथि संसद सचिवालयकै एक महिला कर्मचारीमाथि जबरजस्ती करणी गरेको आरोप लागेपछि पदबाट राजीनामा दिएका थिए । संसदको हिउँदे अधिवेशन पुस ४ गते सुरु भएको र अर्को बैठक ११ गतेका लागि बोलाइएको छ ।

उक्त बैठकले सम्भवत पुस १३ गते सभामुखको चुनाव गर्ने गरी कार्यतालिका आउने संसद सचिवालय स्रोतको भनाइ छ । ११ गतेको बैठकअघि नेकपाले निर्णय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
एमाले उपाध्यक्ष पौडेललाई काठमाडौं ल्याइयो

    सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौं ल्याइएको छ...

एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...