११ दललाई निर्वाचन चिह्न प्रदान, कसले के पाए



हाम्रो इकोनोमि

 

राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलहरूलाई निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गरेको छ । आयोगले माघ ९ गते हुन लागेको निर्वाचनका लागि ११ दललाई चुनाव चिह्न दिएको हो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई सूर्य, नेपाली कांग्रेसलाई रुख, समाजवादी पार्टीलाई पाँच औंलासहितको हत्केला, राष्ट्रिय जनता पार्टीलाई ढल्केको छाता, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई गाई, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)लाई हलो र राष्ट्रिय जनमोर्चालाई गिलास चिह्न प्रदान गरिएको आयोगका प्रवक्ता गिरिजा शर्माले जानकारी दिए ।

यस्तै, नेपाल मजदुर किसान पार्टीले मादल, नेपाल संघीय समाजवादी पार्टीले बस, नेपाली जनता दलले गोरु गाडाको चक्का र इतिहासिक प्रजातान्त्रिक जनता पार्टीले ट्याक्टर चुनाव चिह्न पाएको छ ।

आयोगले सातवटै प्रदेशमा निर्वाचन अधिकृत पनि तोकेको छ । प्रदेश १ मा मेदिनीप्रसाद पौडेल, प्रदेश २ मा राजकुमार खतिवडा, प्रदेश ३ मा महेन्द्रकुमार कार्की, गण्डकीमा कालीबहादुर राई, प्रदेश ५ मा रितेन्द्र थापा, कर्णालीमा राजेन्द्रकुमार कर्माचार्य र सुदुरपश्चिममा विदूर काफ्लेलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको हो ।

सात वटै प्रदेशमा जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकेको आयोगले न्यायीक प्रतिष्ठानमा कैलासप्रसाद सुवेदी र दिवाकर भट्टलाई जगेडा अधिकृतमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...