११ दललाई निर्वाचन चिह्न प्रदान, कसले के पाए



हाम्रो इकोनोमि

 

राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलहरूलाई निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गरेको छ । आयोगले माघ ९ गते हुन लागेको निर्वाचनका लागि ११ दललाई चुनाव चिह्न दिएको हो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई सूर्य, नेपाली कांग्रेसलाई रुख, समाजवादी पार्टीलाई पाँच औंलासहितको हत्केला, राष्ट्रिय जनता पार्टीलाई ढल्केको छाता, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई गाई, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)लाई हलो र राष्ट्रिय जनमोर्चालाई गिलास चिह्न प्रदान गरिएको आयोगका प्रवक्ता गिरिजा शर्माले जानकारी दिए ।

यस्तै, नेपाल मजदुर किसान पार्टीले मादल, नेपाल संघीय समाजवादी पार्टीले बस, नेपाली जनता दलले गोरु गाडाको चक्का र इतिहासिक प्रजातान्त्रिक जनता पार्टीले ट्याक्टर चुनाव चिह्न पाएको छ ।

आयोगले सातवटै प्रदेशमा निर्वाचन अधिकृत पनि तोकेको छ । प्रदेश १ मा मेदिनीप्रसाद पौडेल, प्रदेश २ मा राजकुमार खतिवडा, प्रदेश ३ मा महेन्द्रकुमार कार्की, गण्डकीमा कालीबहादुर राई, प्रदेश ५ मा रितेन्द्र थापा, कर्णालीमा राजेन्द्रकुमार कर्माचार्य र सुदुरपश्चिममा विदूर काफ्लेलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको हो ।

सात वटै प्रदेशमा जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकेको आयोगले न्यायीक प्रतिष्ठानमा कैलासप्रसाद सुवेदी र दिवाकर भट्टलाई जगेडा अधिकृतमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रमा पुगे

    राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । नुवाकोट पुगेर...

त्रिशूली ३ बी मा हराएका आफन्त खोजीको माग गर्दै माइतीघरमा धर्ना

     रसुवा बाढीका क्रममा त्रिशूली ३ बी मा हराएका आफन्तहरुको खोजीको माग...

बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...