प्रदेश २ मा नेकपाले सरकार बनाउने, मुख्यमन्त्री राउतको पद धरापमा



हाम्रो इकोनोमि

 

सत्तारुढ दल नेपाल कमयुनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिजो (मंगलबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार भेटेर फर्किएपछि उत्साहित बनेका नेकपा नेता सत्यनारायण मण्डलले प्रदेश २ को सरकार परिवर्तन हुने बताएका छन् ।

 

नेकपाका स्थायी समिति सदस्य तथा प्रदेश नं २ का इञ्चार्ज समेत रहेका मण्डल प्रदेश नम्बर २ प्रमुख प्रतिपक्षी संसदीय दलका नेता समेत हुन् ।

 

राजपासँग सभामुख भएकोले अब नेकपाले मुख्यमन्त्री पाउने दाबी गर्दै मण्डलले आफू नेकपा संसदीय दलको नेताको हैसियतले वेटिङ मुख्यमन्त्री भएको पनि बताए । उनले संघीय सरकारमा राजपा सहभागी हुने परिस्थिति बन्दै गएको भन्दै यस्तो परिदृश्यमा प्रदेश नं २ मा पनि नेकपा र राजपाको संयुक्त सरकार गठन हुने संकेत गरेका हुन् ।

 

सरकारबाट संघीय समाजवादी पार्टीले राजीनामा दिइसकेपछि प्रदेश नं २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने मण्डलको जिकिर छ । मण्डलले थपे– ‘फागनु ३ गतेसम्म नैतिकताका आधारमा मुख्यमन्त्रीको राजीनामा आएन भने अविश्वासको प्रस्ताव राखेर हटाउँछौं ।’

 

संविधानको धारा १८८ (४) अनुसार प्रदेश सरकार गठन भएको दुईवर्ष नपुगेसम्म मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न पाइँदैन । आगामी फागुन ३ गते प्रदेश २ को सरकार गठन भएको दुई वर्ष पुग्दैछ । प्रदेश नं. २ मा ३२ सिट सहित नेकपा ठूलो दल भएपनि अहिले राजपा र समाजवादी पार्टी मिलेर सरकार बनाएका छन् । सरकारलाई नेकपाले पनि समर्थन गरेपनि सरकारमा सहभागी छैन ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...