समाचार

पुष्पकमल दाहाल प्रचण्ड आजै खुमलटार सर्ने

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा विश्वासको मत माग्दैछन् । संसद फेस गर्ने इच्छा गरे पनि प्रधानमन्त्रीले बहुमत पुर्‍याउन सक्ने स्थिति छैन । आफू पदमुक्त हुने निश्चित भएकाले प्रधानमन्त्री परिवारले सरकारी निवास बालुवाटार छोड्ने तयारी गरिसकेको छ ।