पठनपाठन राेकिएपछि इन्जिनियरिङका विद्यार्थीको प्रदर्शन



हाम्रो इकोनोमि

 

 

 त्रिविको कारण पठनपाठन ठप्प भएको भन्दै इन्जिनियरिङका विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । इन्जिनियरिङका विद्यार्थीहरुले आज त्रिवि परिसरमा कालोपट्टि बाँधेर त्रिविविरुद्ध प्रदर्शन गरेका हुन् ।इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तताको माग गर्दै इन्जिनियरिङ क्याम्पसका प्राध्यापकहरुले सम्पूर्ण शैक्षिक गतिविधिहरु ठप्प पारेपछि विद्यार्थीहरु आन्दोलन गर्न त्रिवि पुगेका हुन् ।

प्राध्यापकहरुले इन्जिनियरिङ अध्ययन संस्थानमा २०५५ सालदेखि कार्यान्वयनमा रहेका विकेन्द्रीकरण र स्वायत्तताको निरन्तर सुनिश्चित गर्नुपर्ने र संस्थाको आर्थिक, शैक्षिक र प्रशासनिक स्वायत्ततामाथि गरिने कुनैपनि प्रकारको हस्तक्षेप तुरुन्त खोज गर्नुपर्ने माग राख्दै २० दिनदेखि पठन पाठन ठप्प पारेका छन् ।

इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत विभिन्न पदमा कार्यरत पदाधिकारीले सामूहिक स्वेच्छिक राजीनामामा समेत दिएका छन् । जसको असर विद्यार्थीको पठनपाठनमा परेको छ ।  प्राध्यापकहरुको माग सुनुवाइ गरेर छिटाे  पढाइ सुचारु गर्न उनीहरुकाे माग छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...